ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीडीओ सरुवामा नयाँ मापदण्ड – पहुँचका आधारमा हुन नपाइने, १ वर्ष नपुग्दै सरुवा नहुने(प्रतिवेदन)


ABC NEWS
४ माघ २०७९, बुधबार   ८ : ५५   बजे

 

काठमाडौं ४माघ । गृह मन्त्रालयले जारी गरेको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सरुवा सम्बन्धी कार्यविधिअनुसार ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन नपाउने भएका छन् ।

गृह मन्त्रालयको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टी सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्हालेपछि नयाँ कार्यविधि ल्याएका हुन् ।

सरकार अनुकूल नभएका सीडीओहरूलाई छोटो समयमा नै सरुवा गर्ने प्रवृत्तिलाई अन्त्य गर्न माघ ३ गते मन्त्री स्तरीय निर्णयले कार्यसम्पादन मूल्यांकनमा अंक कम भएका अधिकृतहरूले सीडीओ हुन नपाउने गरी कार्यविधि ल्याएका हुन् ।

‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि २०७९’ अनुसार कार्यसम्पादन सम्झौतामा ९० प्रतिशत कम अंक ल्याएर अन्तिम ३ मा रहेका ३ जना सीडीओलाई अर्को जिल्लाको जिम्मेवारी नदिने भनिएको छ ।

उपसचिव सीडीओ हुनका लागि आफ्नो पदमा न्यूनतम ५ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । एउटा प्रदेशमा १ वर्ष काम गरेकाहरूलाई सोही प्रदेशमा पनि नखटाउने कार्यविधि बनाइएको छ । काठमाडौं जिल्लाको सीडीओ भने ‘ख’ र ‘ग’ जिल्ला चलाएकाहरूले मात्रै पाउने भएका हुन् ।

अधिकृतहरू गृहजिल्लामा पनि सीडीओ हुन नपाउने भएका छन् । गृह मन्त्रालयबाहेक अन्य मन्त्रालयबाट आएका सहसचिव वा उपसचिवहरूले गृह मन्त्रालयमा कम्तीमा १ वर्ष कार्यअनुभव भएकाहरूले मात्रै सीडीओको जिम्मेवारी पाउने भएका छन् ।

 

तर मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भएर काम गरेकाले १ वर्षको कार्यसम्पादन गरेकाहरूलाई ‘क’ वर्गको जिल्लामा सीडीओ हुन पाउने कार्यविधिमा भनिएको छ ।

सीडीओहरूको सरुवा गर्दा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीयत स्तरको कार्यअनुभव, दक्षता र वरिष्ठताको आधारमा सरल भएका व्यक्तिहरूलाई सीडीओ खटाउने प्रस्तावनामा भनिएको छ ।

कार्यसम्पादन मूल्यांकनलाई नै प्रमुख आधार बनाइएको छ । कार्यविधिको दफा ६९३०, दफा ५ लगायत विभिन्न दफामा कार्यसम्पादन मूल्यांकनलाई जोड दिएको छ । यसको अर्थ काम नगर्ने सहसचिव र उपसचिवहरूले सीडीओ नपाउने देखिन्छ ।

सीडीओ भएर गएकाहरूलाई १ वर्षभन्दा थोरै काम गरेका व्यक्तिहरूलाई सरुवा गर्न नपाउने कार्यविधिमा भनिएको छ । राजनीतिक परिस्थितिमा परिवर्तन हुने बित्तिकै सीडीओहरूको सरुवा गर्ने प्रवृत्तिलाई अन्त्य गर्न १ वर्ष नपुग्दै सरुवा गर्न नपाउने व्यवस्था गरिएको छ ।

तर जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रिन गएमा, सीडीओ लामो समय कार्यालयमा अनुपस्थिति भएमा, स्वास्थ्यमा गम्भीर समस्या आएमा, विभागीय कारवाहीको सिफारिस भएमा र आचरणमा प्रश्न उठेको खण्डमा छिटो सरुवा गर्न सक्ने कार्यविधिमा भनिएको छ ।

उत्कृष्ट ३ जना सीडीओले पुनः ‘क’ वर्गको सीडीओ हुन पाउने

कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ठ भएका ३ जना सीडीओहरूले पुनः ‘क’ वर्गको सीडीओ हुन पाउने भएका छन् । कार्यविधिको दफा ४९१०९घ० अनुसार गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच हुने कार्यसम्पादन सम्झौताको मूल्यांकनमा उत्कृष्ट हुने ३ जना सीडीओले पुनः राम्रो जिल्लाको सीडीओ पाउने भएका छन् ।

पहुँचका आधारमा सीडीओ हुन नपाइने

पहुँचका आधारमा जुनकुनै मन्त्रालयका सहसचिव र उपसचिवहरू सिडिओ हुँदै आएका थिए । कानून नपढेका र न्याय तथा कानून सम्बन्धी तालिम नलिएकाहरू राजनीतिक पहुँचको आधारमा सीडीओमा सरुवा हुँदै आएका थिए । अब यो कार्यविधि आएपछि त्यस्ता सहसचिव र उपसचिवहरूले सीडीओ हुन नपाउने भएका छन् ।

सर्वोच्च अदालतले पनि प्रमुख जिल्ला अधिकारी कम्तीमा कानून विषय पढेको वा तालिम गरेको व्यक्तिहरूलाई मात्रै बनाउन आदेश दिएको थियो । त्यसको अहिलेसम्म कार्यान्वयन भएको थिएन तर कार्यविधिले अदालतको आदेशलाई सम्बोधन गरेको छ ।

गृह मन्त्रालयको नयाँ कार्यविधिमा पहिलो पटक क, ख र ग गरेर जिल्लाहरूको वर्गीकरण गरेको छ । यसभन्दा अगाडि निजामती नियमावली अनुसार जिल्लाहरूलाई वर्गीकरण गरिएको थियो ।

काठमाडौं, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर र सुनसरीलाई ‘क’ वर्गमा राखिएको छ । यी जिल्लाहरूमा सहसचिवहरू प्रमुख जिल्ला अधिकारी हुनेछन् ।

इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, दाङ, धनुषा, धादिङ, नवलपरासी पूर्व र पश्चिम, नुवाकोट, पाल्पा, बर्दिया, बारा, भक्तपुर, महोत्तरी, रौतहट, बागलुङ, सप्तरी, सर्लाही, स्याङ्जा, सिन्धुपाल्चोक, सिरहा, सिन्धुली र सुर्खेतलाई ‘ख’ वर्गमा राखेको छ ।

‘ग’ वर्गमा अछाम, अर्घाखाँची, ओखलढुंगा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेल्धुरा, डोटी, दैलेख, दोलखा, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रामेछाप, रोल्पा, लमुजङ, सल्यान र संखुवासभालाई राखेको छ । ख र ग वर्गका जिल्लामा पहिलोपटक प्रमुख जिल्ला अधिकारी हुने सहसचिवले पाउने भएका छन् तर सहसचिव नभएको खण्डमा उपसचिवले पनि सीडीओको जिम्मेवारी पाउनेछन् । बाँकी अन्य जिल्लामा उपसचिव सीडीओ हुनेछन् ।

CDO_Procedure_Final

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group