ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्समा देशव्यापी हडताल, दुई तिहाई जनसंख्या राष्ट्रपति म्याक्रोको पेन्सन नीतिका विरुद्धमा


ABC NEWS
६ माघ २०७९, शुक्रबार   ५ : ५४   बजे

 

काठमाडौँ ६ माघ । फ्रान्सेली राष्ट्रपति ईमानुयल म्याक्रोनको नियोजित पेन्सन सुधार प्रस्तावलाई चुनौती दिन मजदुर युनियनहरुले बिहीबार आयोजना गरेको देशव्यापी हडतालका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

 

राजधानी पेरिस, बोर्दो, लियोंन र मार्सेईलगायतका केही सहरमा आन्दोलनकर्मी र प्रहरीबीच तनाव झडप भएको हो । पेरिसको ऐतिहासिक स्थल प्लास दला रेपुब्लिक नजिकै केही प्रदर्शनकारीहरूले गाडीहरू जलाएका छन् । त्यहाँ प्रहरीमाथि ढुंगा र काठका टुक्राले प्रहार गर्न थालेपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

हडतालका कारण यातायात बन्द भएको छ । विद्यालय र अस्पतालहरूलाई कर्मचारीविहीन बनाउँदा आधारभूत सरकारी सेवाहरू उपलब्ध छैनन् । विरोध प्रदर्शनले उद्योग, यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा गम्भीर प्रभाव परेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बैंक, बिमा कम्पनी, मस्जिद, चर्च, यातायातलगायत प्रमुख क्षेत्रहरुको सुरक्षाका लागि सरकारले हजारौं संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको भन्दै स्थानीय समयअनुसार अपराह्न साढे ३ बजेसम्ममा ९१ जनालाई नियन्त्रणमा लिएको पेरिस प्रहरीले जनाएको छ ।

कर्मचारी अभावका कारण बिहीबारका लागि ईजिजेट, रायन एयर, युरोविङ लगायतका कम्पनीहरुले उडान समेत रद्द गरेका छन् । लामो दुरीमा चल्ने टिजिभी, युरोस्टार, ट्रान्भिया लगायतका रेलवे कम्पनीहरुले पनि पूर्वघोषित रेल सञ्चालन तालिक रद्द गरेकाले युरोपभरि प्रभाव परेको छ ।

कर्मचारी युनियनहरुले हडताल आह्वान गरेपछि सरकारले हडताल गरी देशलाई ‘पक्षघातु नगराउन भनेको थियो । तर सरकारी आग्रहविपरीत हडताल हुँदा बिहीबार फ्रान्समा अधिकांश रेल यातायात रद्द हुनुका साथै उडानहरू प्रभावित भए । पेरिसको सबवे (मेट्रो) पनि अवरुद्ध भएको छ । फ्रान्सको प्रमुख यातायात कम्पनी आएटीपीले बिहीबार १० वटामध्ये एउटा रेलमात्रै चलेको बताएको छ ।

सरकारले सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ मा धकेल्ने प्रस्ताव अघि सारेपछि त्यसको विरोधमा मजदुर र अन्य कर्मचारी, प्रतिपक्षी दलहरु उत्रिएका हुन् । श्रमिक प्रतिनिधिहरूले सरकारले कानुनी सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ र पूर्ण निवृत्तिभरण प्राप्त गर्न आवश्यक योगदानहरूको न्यूनतम संख्यामा छिटो वृद्धिको प्रस्ताव गर्नु ुमजदुर मारा नीतिु भन्दै आपत्ति जनाएका छन् ।

सरकारले आफ्नो योजनाबाट पछि नहट्ने बताएको छ भने मजदूर युनियनहरुले पनि सरकारले प्रस्ताव फिर्ता नलिए अझै कडा कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् । ‘यो त सुरुवात र सरकारलाई संकेतमात्रै हो । पेन्सन सुधार योजना सरकारले फिर्ता नलिए हामी अझै ठूलो आन्दोलन घोषणा गर्ने छौं, सबैभन्दा ठूलो उर्जा कम्पनी टोटल ईनर्जीमा मजदुर युनियन महासंघ सिजिटीका राष्ट्रिय संयोजक एरिक सेलिनीले भनेका छन् । ती युनियनहरुले सरकारले बेलैमा प्रस्ताव फिर्ता नलिए जनवरी १९ मा ईन्धन मजदुरहरूले २४ घण्टाको हडताललाई जनवरी २६ देखि ४८ घण्टा र फेब्रुअरी ६ बाट ७२ घण्टा बनाउने बताएका छन् ।

यसअघि सन् ११९५ मा पनि तत्कालीन राष्ट्रपती ज्याक शिराकले पेन्सन सुधार योजना अघि सार्दा मजदुर युनियनहरुको हडतालकै कारण सरकार विधेयक फिर्ता लिन बाध्य भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group