ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर वायु प्रदूषण बढ्यो, काठमाडौंको हावा धेरै हानिकारक


एबीसी न्यूज
६ माघ २०७९, शुक्रबार   ९ : २७   बजे

काठमाडौं, ६ माघ । देशभर वायु प्रदूषण बढेको छ । अन्य क्षेत्रको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वायु प्रदूषण छ । त्यस्तै धनकुटा र दाङमा पनि प्रदूषण उच्च छ ।

हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) काठमाडौं, ललितपुर र भक्तपुरमा एक सय ६० भन्दामाथि रहेको छ । बिहान सवा ७ बजे सबैभन्दा धेरै भक्तपुरमा एक्यूआई एक सय ६३, काठमाण्डौमा एक सय ६१ र ललितपुरमा १ सय ५९ छ । त्यस्तै धनकुटामा एक्यूआई एक सय ६० र दाङको तुलसीपुरमा एक सय ५४ रहेको छ ।

एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो उति घातक मानिन्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने विज्ञले बताउँदै आएका छन् ।

लामो समयदेखि पानी नभएकै कारण सुक्खापन बढाएको छ । यसले गर्दा प्रदूषण पनि बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै प्रदुषण बढ्नुमा पुराना गाडी र सडकको धुलोलाई पनि कारक मानिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिउँदमा पानी नपरेको असरले प्रदूषणको मात्रा बढेको छ । त्यस्तै वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा थुप्रिएको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन डाक्टरको सुझाव छ । सकेसम्म काम नपरि घरबाट बाहिर ननिस्कने र निस्कदा मास्क लगाउन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group