ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या आरोपी सांसद पक्राउ गर्न नसक्ने ‘असक्षम गृहमन्त्री’ भन्दै रबिकै नेताको विरोध


ABC NEWS
६ माघ २०७९, शुक्रबार   १२ : २४   बजे

 

काठमाडौै ६ माघ । एकजना प्रहरीको हत्या आरोपमा पक्राउ पुर्जीसमेत जारी भइसकेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसद बैठकमै उपस्थित हुँदा पनि गृहमन्त्री लामिछाने पक्राउ नगर्नु उनको असक्षमता भएको रवि लामिछानेको पार्टीका एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

शुक्रबारको संसद बेठकमा कोइरालाई पक्राउ नगरेर गृहमन्त्री रमिते भएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका थिए। गृहमन्त्री लामिछानेले भने विधि र पद्धति अनुसार हुने भन्दै काइते जबाफ दिएका थिए ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले कोइरीलाई थुनामा पठाउन नसक्नुमा गृहमन्त्री लामिछानेको अक्षमता हो भन्ने धेरै सोच्नु आवश्यक नरहेको पनि टिप्पणी गरेका छन्।

‘सांसद कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो। हाम्रो पार्टी सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन,’ कार्कीले तिखो टिप्पणीसहित भनेका छन्।

घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग महतोमाथि छ।

महोत्तरी क्षेत्र नम्बर २ बाट मंसिर ४ मा निर्वाचित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए।

के भने कार्कीले ?
पहिले वा अहिले नेताहरुको आलोचना गर्दा व्यक्तिगत रिसइवी साँध्न आलोचना गरिएको वा गरिने होइन। केही सुधार होला कि भनेरै आलोचना, समर्थन गर्ने हो। मैले गर्ने वा मप्रति गरिने आलोचना र समर्थनहरुकोबारेमा मेरो धारणा सँधै यही थियो, छ र रहनेछ। विकसित राजनीतिक घटनाक्रमबारे मलाई प्रश्न गर्नेहरुप्रति आभारी छु।

रह्यो कुरा, हत्या आरोपी भएर अदालतले थुनामा राख्न आदेश दिए पनि सांसद भएर निर्वाध संसद भवन आउजाउ गर्ने सांसद लक्ष्मी महतो कोइरी र उनलाई पक्राउ गर्न भएको आनाकानीबारेमा मेरो धारणाको। यसमा मेरो व्यक्तिगत धारणा स्पष्ट छ।

कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन।

अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्छ, संसदमा त झन् हुँदै होइन। किन यो भइरहेको छ भन्नेबारेमा आमनागरिकले थाहा पाउनु पर्छ। त्यो प्रक्रिया पुरा गर्न राजनीतिकरुपमा नसकिएको हो भने सभापतिले त्यो पनि थाहा दिनु पर्छ। किनकि, हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो।

हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो। एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन।

मलाई विश्वास छ, गृहमन्त्रीको कुर्सीमा बसिरहेको र आफैले अस्विकार गरिरहेका नेताहरुको भिडमा हराइरहेको रवि लामिछानेले पक्कै पनि चाँडो भन्दा चाँडो हामीले चाहेको रवि लामिछानेलाई भेट्टाउनु हुनेछ।

सांसद कोइरीको पक्राउ त्यसको पहिलो संकेत बन्नेछ। प्रीय सभापतिलाई भीडभन्दा परबाट यति अनुरोध, सुझाव पुर्याउने जमर्को गरेको छु। आशा छ, भीडको तुवाँलो हटेर प्रस्ट देखिने, सुनिने रवि लामिछाने पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group