ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबका पाँच वर्ष हाम्रा लागि अवसर र चुनौति : प्रचण्ड


admin
११ माघ २०७४, बिहिबार   ७ : २८   बजे
बुटवल, ११ माघ। पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनाैति दुवै भएकाे बताउनुभएकाे छ।
रुपन्देहीकाे देवदहमा अायाेजित चाैंथाे राष्ट्रिय अाैद्याेगिक व्यापार मेलाकाे उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन्। कम्युनिष्टहरुकाे बहुमत अाएकाे छ। याे हाम्रा लागि राजनीतिक स्थिरता, अार्थिक विकास र सुशासनकाे पक्षमा दिएकाे अवसर हाे । जनताले निकै ठूलठूला अपेक्षा गरेका छन्। राम्राे काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर अाउने छ। सक्छौ कि सक्दैनौं ? याे हाम्रा लागि चुनाैति पनि हाे। अब विकास र सुशासनकाे विकल्प छैन, हामीले सक्नैपर्दछ।”
“देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन, समृद्धिकाे नयाँ युगतिर हामी जानै पर्दछ” प्रचण्डले भन्नुभयाे, “जलविद्युत र पर्यटन विकासमा हामीले जाेड गर्नुपर्दछ। देवदह गाैतम बुद्धकाे मावलीघर पनि हाे। हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनकाे विकास गर्नेछौं। देवदहमा बाैद्ध विश्वविद्यालयकाे स्थापनामा मेराे पुरै सहयाेग रहनेछ।” “अहिले ताेकिएका केन्द्र अस्थायी हुन्। यी प्रदेशका राजधानी हाेइनन्। प्रदेशकाे राजधानी ताेक्ने अधिकार प्रादेशिक संसदलाई मात्र छ” नेपालगञ्जमा अायाेजित प्रादेशिक महाेत्सवमा प्रचण्डले भन्नुभयाे, “प्रदेशभित्र सबै साधन स्राेत एकै ठाउँमा राख्नु हुँदैन। एउटै प्रदेशभित्र पनि प्रदेश राजधानी, मन्त्रालय र अन्य सरकारी कार्यालय फरक फरक ठाउँमा राख्नु राम्राे हुन्छ। प्रदेशभित्र पनि अधिकारकाे बाँडफाँड गरिन्छ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu