ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा बोलेरो जिप पल्टिँदा एक जनाको मृत्यु, ७ जना घाइते


abc tv
९ माघ २०७९, सोमबार   ३ : ४२   बजे

म्याग्दी । म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जीप अचानक गुडेर पल्टिदा जीपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौमाया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही जीपमा सवार अन्य सात जना घाइते भएका छन् ।

घाइते गर्बुजालाई उपचारको लागि बेनी अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

रोकेर राखेर सामान राख्ने क्रममा जीप आफै करिब एक मिटर पर गुडेर सडकमा पल्टिएको थियो । जीपमा चालक सहित ९ जना सवार थिए । उनका अनुसार, घाइते मंगला २ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र ५ वर्षीय रिवान केसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । चालक न्युप्रसाद पुर्जालाई नियन्त्रणमा लिएर छानविन थालिएको प्रहरी निरीक्षक ढकालले बताए ।

मंगला गाउँपालिका–१,की १५ वर्षीया बबिना परियार बेनी अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएकी छन् । मंगला–२, की २२ वर्षीया विपना कार्की, मंगला–१ ,का ३८ वर्षीय तेकबहादुर गर्बुजा, मंगला–२ ,का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । मंगला गाउँपालिका र बाबियाचौरका राजु पाण्डेको गाडीमा घाइतेलाई बेनी अस्पताल ल्याइएको थियो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहित जनप्रतिनिधि, प्रहरी र स्थानीयबासीहरुले घाइतेको उद्दार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu