ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल हुनबाट कसैले रोक्न सकेन, सचिवालयबाट नेकालाई मान्यता


ABC NEWS
९ माघ २०७९, सोमबार   ६ : ४६   बजे

 

काठमाडौं ९ माघ । संसद सचिवालयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको छ । कांग्रेसले विपक्षी दलको नेताको सेवा सुविधाको लागि पठाएको पत्रको जवाफ लेख्दै सचिवालयले देउवाले विपक्षी दलको नेताको रुपमा सेवा सुविधा पाउने जनाएको हो ।

सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भइ आएकोमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ का सम्बन्धित दफाहरू अनुसूची १ तथा अनुसूची २ बमोजिम हुने व्यहोराको पत्र पठाएको हो ।

कांग्रेसलाई सचिवालयले प्रमुख प्रतिपक्षी दलको मान्यता दिएपछि संवैधानिक परिषद्को सदस्य बन्ने बाटो खुलेको छ ।

नेमकिपाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन आग्रह गर्दै सचिवालयलाई पत्र पठाएको थियो ।

नेमकिपाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन आग्रह गर्दै सभामुख देवराज घिमिरेसमक्ष माग गरेको थियो ।

सभामुखलाई लिखित पत्र लेख्दै नेमकिपाका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षीको मान्यता आफ्नो दललाई दिन माग गरेका थिए ।

तर ऐनमा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउने उल्लेख छ । नेमकिपाको १० प्रतिशत हिस्सा पुग्दैन । विपक्षमा कुनै दलको १० प्रतिशत मत नभएमा सभामुखले तोकेको दललाई विपक्षी दल मानिने व्यवस्था छ ।

कांग्रेसले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने बताउँदै आएको थियो । यही आधारमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले आफूहरू विपक्षी दल भएको बताउँदै आएका छन् । पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा आफूहरू विपक्षी भएको र संसदमा पनि विपक्षी बेन्चमा बसेकोले विपक्षी दलबारे विवाद गरिरहनु जायज नभएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group