ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजना अलपत्र पार्ने ७ कम्पनीलाई स्पष्टीकरण


ABC NEWS
१० माघ २०७९, मंगलबार   ३ : ००   बजे

 

काठमाडौँ १० माघ : विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।

“यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ”, खरिद अनुगमन कार्यालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

लिखित स्पष्टीकरण पेस नगरेमा वा चित्तबुझ्दो जवाफ नआएमा ती कम्पनीलाई कालोसूचीमा राखिने पनि कार्यालयले जनाएको छ । खरिद अनुगमन कार्यालयले सुशील कार्की मुख्य सञ्चालक रहेको सिरुवा कन्ट्रक्सन कम्पनी लिमिटेडलाई लिखित जवाफ पेस गर्न भनेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको काम अलपत्र पारेपछि यो कम्पनीलाई स्पष्टीकरण पेस गर्न भनेको हो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्साको विजनेस नेपाल कन्सल्टेन्सी प्रालिलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । राजेशप्रसाद चौहान मुख्य सञ्चालक रहेको यो कम्पनीले मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको काम अलपत्र पारेको जनाइएको छ ।

खैरहनी नगरपालिका नगरपालिकाको कार्यालय चितवनको काम अलपत्र पार्ने युनाइटेड एग्रो इञ्जिनियरिङ प्रालिलाई पनि कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न भनिएको छ । कम्पनीका सञ्चालक सुुरेश कुमार बुढाथोकी हुन् । सडक बोर्ड नेपालले सुकबहादुर गुरुङ सञ्चालक रहेको नवलपरासीको भोलेबाबा कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो । यो कम्पनीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले विज्ञान कुमार अर्याल मुख्य सञ्चालक रहेको काठमाडौँमा रहेको डाइग्नोकेम इन्टरनेसनललाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेकोमा खरिद अनुमगन कार्यालयले यो कम्पनीलाई पनि स्पष्टीकरण सोधेको छ । त्यस्तै, बर्दियाको बारबर्दिया नगरपालिकाले कल्पना ज्ञवाली सञ्चालक रहेको कल्पना कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न लेखीपठाएको खरिद अनुगमन कार्यालय जनाएको छ । गोदावरी नगरपालिकाको कार्यालय कञ्चनपुरले आशिष कुमार खत्री सञ्चालक रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न लेखी पठाएकोमा उक्त कम्पनीलाई पनि स्पष्टीकरण सोधिएको छ रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group