ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशमा प्रदेशमा जनमत पार्टीले चाहेको मन्त्रालय नपाएपछि विरोध


ABC NEWS
१२ माघ २०७९, बिहिबार   ८ : ५३   बजे

 

जनकपुरधाम १२ माघ । मधेश प्रदेशमा आफ्नो दलले चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उनले अस्वीकार गरेका छन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकले बिना विभागीय तीन मन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो ।

बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमतका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

‘प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित कार्यविभाजनको पत्र हेर्दा हामी आश्चर्यचकित भएका छौं, ’जसपा मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले भने ‘हाम्रो मन्त्रीले यो मन्त्रालय स्वीकार्दैन । पार्टी यस विषयमा बसेर छलफल गर्छौ ।’

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभास सम्हालेका छन् ।

मधेश प्रदेशमा १० वटा मन्त्रालय छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सुरुमा एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिने सहमति बनेको थियो ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सोही दिन जसपा, एमाले र जनमतबाट एकएक गरी तीन मन्त्रीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री यादवले मन्त्रिपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group