ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह महोत्सव सुरु


एविसी संवाददाता
२६ माघ २०७९, बिहिबार   ७ : ००   बजे

माघ २६, रुपन्देही । देवदह नगरपालिका स्थित देवदह मण्डपमा सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ ।

उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ । देवदहमा २०७१ साल देखि नियमित रुपमा महोत्सव लाग्दै आएको छ । यो सातौं संस्करण हो । महोत्सवको बिहिवार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरे ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन गरिनेछ।

महोत्सव उद्घाटन गर्दै सभामुख घर्ति मगरले देवदह महोत्सवले व्यवसायीको आर्थिक उन्नति गर्ने बताए । कोरोना र बैंकको ब्याजदरका कारण सिथिल बनेको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउन मद्दत पुग्ने विश्वास सभामुख घर्ति मगरले व्यक्त गरे । देवदहमा स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटनको राम्रो सम्भावना रहेको उल्लेख गर्दै सभामुख घर्तीले महोत्सवमा सहभागी हुन आग्रह समेत गरे ।

प्रदेश सरकारले कृषि सहकारी बाट अनुदान तथा सहुलियत दिने र अब विदेश पलायन मात्र होइन स्वदेशमै कृषि लगायत उद्यम गर्न सभामुख घर्तीले आग्रह गरे।देश अब पुजीवादको धोकामा प्रवेश गरेको बताउँदै सभामुख घर्ती मगरले सोचमा आत्मनिर्भर बनि व्यावहारिक रुपमै आत्मनिर्भर बन्न आग्रह गरे ।

महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।

अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।

उद्घाटन कार्यक्रममा बिभिन्न भेषभुषा, जातिय पहिचान झल्किने झाँकी, बिज्ञान तथा कृषि प्रदर्शनी, संघ संस्था, आमा समूह, विद्यालय, टोल विकास संस्था गरि हजारौको र्याली सहित सहभागिता रहेको थियो।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका प्रदेश सांसदद्वय जानकी न्यौपाने, आशिष चौधरी, पूर्व सांसद दिपा विक, देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ,राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारी,जनप्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रम संस्थाका उपाध्यक्ष अमृत बहादुर फुल्लेलको स्वागत तथा महासचिब थानेश्वर लम्साल र धना पन्थीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu