ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्मीलाई हक्की प्रतियोगिताको उपाधि


एबीसी / संवाददाता
२९ माघ २०७९, आइतबार   ७ : ५६   बजे

धनुषा, २९ माघ । धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो । आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन् । खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन् । लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुआती गोल गरे पनि अन्य खेलाडीले दोहोरो गोल गर्न सकेनन् ।

प्रतियोगिताका विजेता विभागीय टोली आर्मीले प्रथमको शिल्ड उचाल्दै रु ७५ हजार नगद, मेडलसहित प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपविजेता लुम्बिनी प्रदेशले रु ४० हजार नगद, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको स्थानीय प्रतियोगिता संयोजक अरुणकुमार महतोले बताए ।

त्यसैगरी तृतीय स्थान हासिल गरेको मधेस प्रदेशलाई समेत रु २५ हजार नगद, मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै पाँचौँ संस्करणको सो प्रतियोगिताको बेस्ट खेलाडीको उपाधि उदियमान खेलाडी मधेस प्रदेशका अञ्जलीकुमारी महतोलाई प्रदान गरिएको छ ।

यस्तै, बेस्ट स्कोरर नेपाल आर्मीका कमला चन्द, उत्कृष्ट रक्षक आर्मीकै हिमाली थापा, उत्कृष्ट गोलरक्षक लुम्बिनी प्रदेशका प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनी प्रदेशकै पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिए ।

पाँचवटा संस्करणमा चारवटाको उपाधि आर्मीको पोल्टामा गएको छ । पहिलो संस्करण आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । त्यस्तै तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली आर्मीले जितेको छ । प्रतियोगिताका विजेता टिमलाई समापन समारोहका मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले पुरस्कार तथा ट्रफीसहित प्रमाणपत्र वितरण गरेका थिए ।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेलमैदानमा यही माघ २३ गतेदेखि भएको प्रतियोगिता माघ २८ गते समापन भएको थियो । प्रतियोगितामा १३ खेल भएको थियो । नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्तरूपमा प्रतियोगिताको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

बार्सिलोनाको शानदार सुरुवात, एल्चेमाथि ५–० को फराकिलो जित

लिभरपुल हारबाट जोगियो, न्युक्यासलसँग २–२ को बराबरी

१ अर्ब ६३ करोडको अन्तर्राष्ट्रिय क्रिकेट मैदान : जग्गा खोज्दाखोज्दै अलपत्र गण्डकीको सपना

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu