ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल


एबीसी न्यूज
२९ माघ २०७९, आइतबार   २ : ४५   बजे

काठमाडौं, २९ माघ । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लीला गिरीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार मानिने मुख्य न्यायधिवक्ताले संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अन्य अधिकारीलाई रायसल्लाह दिनुपर्ने हुन्छ । मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी निवासी मुख्य न्यायाधिवक्ता पौडेल यसअघि लुम्बिनी प्रदेश सरकारका कानुन आयोगको सदस्य र कानुन कार्यदलको सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र समाजशास्त्र विषयमा स्नात्तकोत्तर गर्नुभएका उहाँले विगत २३ वर्षदेखि कानुन व्यवसायीको रुपमा काम गर्नाका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा समाजसास्त्र विषय प्रध्यापन पनि गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group