ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भृकुटीमण्डपमा सुरु भयो छाला जुत्ता प्रदर्शनी


एबीसी न्यूज
३ फाल्गुन २०७९, बुधबार   ३ : ३८   बजे

काठमाडौं,३ फागुन । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक सङ्घले आयोजना गरेको प्र्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज यहाँ शुभारम्भ गर्दै नेपालले निर्यात गर्न सक्ने सम्भावना रहेको जुत्ता तथा चप्पल उद्योगलाई आधुनिक प्रविधिको प्रयोगबाट थप व्यावसायिक बनाउँदै लानुपर्नेमा जोड दिनुभयो ।

“नेपाली कच्चापदार्थ प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो । यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “ नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ ।”

पछिल्लो समय देशको आर्थिक अवस्था खस्किरहेको बताउँदै मन्त्री चौधरीले यस्तो अवस्थामा उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक छ भन्नुभयो । “बैंकमा तरलता अभाव र चर्को ब्याजदरका कारण नेपाली उद्यमी व्यवसायीहरु समस्यामा परेका छन् । उद्यमका लागि पूँजी अभाव भएकोबारे सरकार जानकार रहेकैले सहजीकरणका लागि पहल पनि भइरहेको छ,” उहाँले चर्चा गर्नुभयो ।

छाला जुत्ता उत्पादक सङ्घका अध्यक्ष हरिराम बोगटीले प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उपभोक्तालाई नेपालभित्रकै गुणस्तरीय उत्पादन प्रयोग गर्न लगाउनु र त्यस्ता वस्तुको प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । नेपाल भित्रका लघु, घरेलु तथा साना उद्योगमार्फत हुने उत्पादनलाई आधुनिकीकरण गरेर बिस्तारै व्यावसायिकतातर्फ उन्मुख गराउनु पनि प्रदर्शनीको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो । “नेपालमा थप जनशक्तिलाई सीप सिकाएर रोजगारी सिर्जना गर्ने र जुत्ता चप्पलमा आत्मनिर्भर हुने अभियानमा टेवा पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौँ”, अध्यक्ष बोगटीले भन्नुभयो, “नेपाली उत्पादनका लागि सरकारले छुट्टै प्रदर्शनीस्थल उपलब्ध गराउनुपर्छ ।”

‘कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो’ मुख्य नारा दिइएको सो प्रदर्शनी फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu