ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनी र गरिबले पाउने शिक्षा फरक–फरक हुने कहिलेसम्म ? : सांसद भण्डारी, नेका


ABC NEWS
३ फाल्गुन २०७९, बुधबार   ३ : ०९   बजे

 

काठमाडौँ ३ फागुन । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।

‘हाम्रो देशको शिक्षा नीतिमा समस्या छ । हामीसँग दर्जनौँ विश्वविद्यालय छन् । तर विश्वविद्यालयमा युवाहरू पढ्न चाहदैनन् । हामीले बनाएको शिक्षा दुई थरीको छ, धनीले निजी स्कुल पढ्छ, गरिबले सरकारी स्कुल पढ्छ, धनी र गरिबले पढ्ने स्कुल फरक छ, पाउने शिक्षा फरक छ,’ सांसद भण्डारीले भने, ‘विश्वमा यस्तो व्यवस्था अन्त कहाँ छ रु हामीले शिक्षा नीतिलाई व्यवहारिक र रोजगारमुलक किन नबनाउने रु पाठ्यक्रमलाई व्यवहारिक र हाम्रो स्रोत साधनसँग जोडेर किन लागू नगर्ने ? ’

सांसद भण्डारीले देशको अब्बलकोरुपमा चिनिएको बुढानिलकण्ठ स्कुललाई देशभरि विस्तार गर्न किन नसकिएको भन्दै प्रश्न गरे । ‘धेरै पहिले बनाएको बूढानीलकण्ठ स्कुल, जहाँ गरिब र धनीको वर्गविभाजन छैन । त्यो स्कुललाई हामीले किन देशभरि फैलाउन सकेनौँ,’ उनले प्रश्न गर्दै भने, ‘हामी जोसँग पैसा छ, उसैसँग लाग्यौँ । जो गरिब छ, उसकालागि राम्रो शिक्षा छैन, केही पनि छैन ।’

उनले स्वास्थ्य क्षेत्रमा पनि उस्तै समस्या रहेको बताए । उनले अहिले एउटा सांसदले पनि आफ्नो सबै सम्पत्ति बेचेर पनि उपचार पाउने अवस्था नरहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा पनि उस्तै अवस्था छ । हामी बिरामी भयौँ भने उपचार पाउन सक्ने अवस्था छैन । हामी सांसदहरूले नै पनि आफ्नो सबै सम्पत्ति बेच्दा पनि उपचार पाउने स्थिति छैन,’ सांसद भण्डारीले भने, ‘अनि गरिब जनताले कसरी उपचार पाउने ?’

उनले शिक्षा र स्वास्थ्यसँगै नागरिक सरोकारका सबै क्षेत्रमा माफिया र बिचौलियाहरूको बिगबिगी रहेको बताए । ‘आज औषधि सबैभन्दा महँगो छ, त्यसको कारण मेडिसिन माफियाहरूका कारण हो,’ उनले भने, ‘सरकार जनरल एजुकेसन पढेकाहरूका लागि भ्याकेन्सी खोल्छ । तर डाक्टरहरूको माग कतै पनि हुँदैन । देशमा सरकारी छात्रवृत्ति लिएर पढेको डाक्टर विदेश गएर सेवा गर्न बाध्य छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group