ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ७ : ०५   बजे

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन नउडाउन सर्वसाधारण तथा सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्राधिकरणले ‘ड्रोन उडान सम्बन्धी अत्यन्त जरुरी सूचना’ जारी गर्दै रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरबाट खोज तथा उद्धार कार्य भइरहेका बेला केही व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो।

अनधिकृत ड्रोन उडानका कारण हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुनुका साथै हेलिकोप्टरमार्फत भइरहेको खोज तथा उद्धार अभियानमा प्रत्यक्ष बाधा पुग्न थालेको प्राधिकरणले जनाएको छ।

स्वीकृति लिएर मात्रै ड्रोन उडाउन आग्रह

प्राधिकरणले उद्धार उडानको संवेदनशीलतालाई ध्यानमा राख्दै ‘मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५’बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन वा उडाउन लगाउन आग्रह गरेको छ।

विशेषगरी हेलिकोप्टरबाट उद्धार भइरहेका क्षेत्रमा अनधिकृत ड्रोन उडाउँदा उद्धार विमानसँग ठोक्किने वा उडान मार्गमा अवरोध सिर्जना हुने जोखिम रहन्छ। त्यसैले विपद्को समयमा दृश्य संकलन, क्षतिको मूल्याङ्कन वा अन्य प्रयोजनका लागि ड्रोन प्रयोग गर्नुपरे पनि सम्बन्धित निकायसँग समन्वय र अनुमति अनिवार्य गरिएको हो।

कारबाहीको चेतावनी

प्राधिकरणले अनुमति नलिई ड्रोन उडाएमा वा खोज तथा उद्धार कार्यमा बाधा पुर्‍याएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

यसअघि पनि विपद्का समयमा खोज तथा उद्धार, राहत सामग्री ढुवानी, प्रभावित क्षेत्रको अवलोकन, नक्साङ्कन तथा क्षति मूल्याङ्कनका लागि ड्रोन प्रविधिको प्रयोग हुँदै आएको छ। तर अहिले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा हेलिकोप्टरबाट उद्धार तथा राहतका काम भइरहेकाले हवाई सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।

विपद्को समयमा सूचना संकलन महत्वपूर्ण भए पनि एउटा अनधिकृत ड्रोनले उद्धार उडानको सुरक्षामै जोखिम पुर्‍याउन सक्ने भएकाले अनुमति र समन्वयबिना ड्रोन सञ्चालन नगर्न प्राधिकरणले विशेष आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

रसुवाको भोटेकोशीमा पुनः बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवाको भोटेकोसीमा पुनः ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

Icelanders Vote on Resuming European Union Membership Talks

US Secures Control Of Venezuelan Oil Reserves In Controversial Deal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu