ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको भोटेकोशीमा पुनः बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ७ : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढी आएको छ। ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पानीको बहाव बढेर बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिएका छन्।

बाढीको बहाव बढेसँगै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। सहायक प्रजिअ अधिकारीका अनुसार सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले सावधानी अपनाउन आवश्यक छ।

यसअघि भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

सो बाढीका कारण नदी किनारका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको थियो भने ठूलो संख्यामा मानिसको ज्यान गएको तथा धेरै नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

यसअघि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमै पुनः पानीको बहाव बढेपछि उद्धार तथा राहत कार्यमा समेत थप चुनौती उत्पन्न हुन सक्ने भन्दै स्थानीय प्रशासनले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रशासनले नदीको बहाव बढिरहेको अवस्थामा अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

‘बाढी आउँदैछ’ भन्ने खबर पाएर विद्यालय पुगेँ, तर २० भन्दा बढी विद्यार्थी हराइसकेका थिए

रसुवा बाढी उद्धारमा भारत–चीनको संलग्नताः सहयोग कि भू–राजनीतिक छटपटी ?

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२.९१ रुपैयाँ

भोटेकोशी बाढीको रहस्य खुल्दै : हिमालबाट खसेको बरफ–चट्टानले कसरी मच्चायो महाविनाश?

भोटेकोसी बाढीपछि भारतले हिमनदी र हिमतालको निगरानी बढायो

टेलिकमको सेवा :त्रिशूली–३ ‘ए’ आयोजनासँगैको टावर सञ्चालनमा, सुरुङ उद्धारमा सञ्चार सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu