ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई एम्बुलेन्स सहयोग प्राप्त


एबीसी न्यूज
१३ माघ २०७४, शनिबार   ११ : ४०   बजे

बाबियाचौर, म्याग्दी, १३ माघ ।   काठमाडाँैस्थित भारतीय दूतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स सहयोग प्रदान गरेको छ ।

भारतको ६९ आँै गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा म्याग्दीलाई दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रशका शाखा सभापति लेखबहादुर हमाललाई दूतावासमा आयोजित कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

दुई वटामध्ये एउटा अन्नपूर्ण गाउँपालिकाले उत्तरी क्षेत्र तथा अर्को रेडक्रशले बेनी आसपास र पश्चिमी क्षेत्रमा सेवा दिने गरी सञ्चालन गर्ने जनाइएको छ । भारतीय सेनाका सेवा निवृत्त क्याप्टेन रहनुभएका गाउँपालिका अध्यक्ष पुनले एम्बुलेन्सका लागि दूतावासमा पहल गर्नुभएको थियो ।

ग्रामीण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुविधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्या रहेकाले उनीहरुलाई राहत पुगोस् भनेर एम्बुलेन्स सञ्चालन गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा रहेका भूपू सैनिकलाई समेटेर समिति गठन गरी सोही समितिमार्फत एम्बुलेन्स सञ्चालन गरेर सेवा दिने पुनले बताउनुभयो । हाल म्याग्दीमा एउटा बेनी अस्पतालको मात्र एम्बुलेन्स सञ्चालनमा छ ।

मोना बेलायतले नेपाल रेडक्रश सोसाइटी भुरुङ तातोपानी उपशाखा र जिल्ला शाखालाई उपलब्ध गराएको दुई वटा एम्बुलेन्स मर्मत अभावमा थन्किएका छन् भने दरवाङ उपशाखाको एम्बुलेन्स चालक अभावमा प्रयोगमा आउन सकेको छैन । बिरामी महँगो भाडामा ट्याक्सी चढेर अस्पताल पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Social Security Crisis Rooted in Income Inequality, Not Demographics

Remembering Ward Churchill: Activist Scholar Who Challenged Power

सङ्घीय संसद्को बैठक सुरु, विभिन्न विधेयकमाथि छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

Texas State University Student Forced To Withdraw After Protesting White Supremacy

Report Alleges Trump Earned $1.1 Million Per Hour During 2025

Poetic Protest Decries American History of Violence

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu