ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जी-७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत


एबीसी / संवाददाता
८ फाल्गुन २०७९, सोमबार   ८ : ५९   बजे

एजेन्सी, ८ फागुन । सात राष्ट्रहरूको समूह (जी–७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् ।

रुस–युक्रेन युद्ध सुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ ।
जापानले शनिबार जर्मनीको म्युनिखमा जी–७ को बैठक आयोजना गरेको छ । जुन बैठकमा अन्तरराष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको छ । बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो ।

“मैले जापानी विदेशमन्त्री हायासी योशिमासाको निमन्त्रणामा जी–७ मन्त्रीस्तरीय बैठकमा भाग लिएको थिएँ । हामीले सन् २०२३ मा युक्रेनको विजयका लागि आवश्यक सबै कुरामा ध्यान केन्द्रित गरेका थियौं। त्यहाँ हतियारहरूको द्रुत प्रसार र नयाँ प्रतिबन्धहरू हुनेछन् जसबाट रूसले हामी प्रतिवाद गर्न थाक्ने छैनौं भन्ने आक्रामकताको महसुस गर्नेछ,” दिमिट्रो कुलेबाले शनिबार ट्वीट गरेका छन् ।

विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्न समेत आग्रह गरेका छन् । प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन्। उनीहरूले मस्कोलाई अन्तर्राष्ट्रिय कानुनबमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।

न्युजका अनुसार हयासीले प्योङयाङको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती खडा गरेको बताउनु भएको छ ।

जापान यस वर्षको जी–७ को अध्यक्ष हो । जापानले मे महिनामा हिरोशिमामा जी–७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group