ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले अमेरिकासँगको सन्धिमा सहभागिता तोड्दै


एबीसी न्यूज
१० फाल्गुन २०७९, बुधबार   १० : ३५   बजे

मस्को । रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आज संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो घोषणा गरेका हुन् । वार्षिक सम्बोधनमा पुटिनले अमेरिकासँगको नयाँ स्टार्ट सन्धि तोड्ने घोषणालाई रूसको लागि ‘कोसेढुङ्गाको समय’ भएको बताए । उनले विश्वभर प्रतिबिम्बित हुने ‘आक्रामक, अपरिवर्तनीय परिवर्तनुले वर्तमानमा आकार लिइरहेको बताउँदै अबको ऐतिहासिक घटनाहरूले देश र जनताको भविष्य निर्धारण हुने बताए ।

‘मैले आज घोषणा गर्न चाहन्छु कि रसियाले उत्तरी अटलांटिक गठबन्धन ९नाटो०को संयुक्त स्ट्राइक क्षमतालाई बुझ्नको लागि रणनीतिक हतियार घटाउने सन्धिमा आफ्नो सहभागिता निलम्बन गरिरहेको छ । म फेरि भन्न चाहन्छु–रूस सन्धिबाट पछि हट्दैन, तर विशेष रूपमा आफ्नो सहभागिता निलम्बन गर्दछ’, पुटिनले सम्बोधनका क्रममा भने ।

रूसका राज्य प्रमुखका अनुसार अमेरिकाले नयाँ स्टार्ट सन्धीको बारेमा रूसलाई अस्वीकार्य अल्टिमेटम दिएको थियो । अमेरिकाले दिएको अल्टिमेटमलाई कडा रुपमा विरोध गर्दै राष्ट्रपति पुटिनले सन्धिमा आफ्नो सहभागिता तोड्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पुटिनले रूस छिमेकी देश युक्रेनका जनतासँग युद्धमा नरहेको स्पष्ट पारे । कीभको शासन र यसका पश्चिमी देशहरूले रुस विरुद्धको द्वन्द्वको लागि युक्रेनका जनतालाई हतियारका रूपमा प्रयोग गरिरहेकोले युद्ध गर्नुपरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu