ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गर्न आदेश


एबीसी / संवाददाता
११ फाल्गुन २०७९, बिहिबार   ६ : ००   बजे

काठमाडौँ, ११ फागुन । ‘स्पट फिक्सिङ’को आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बसहपछि न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पूर्वखेलाडी महबुब आलम, मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो । जनही ३ लाख रूपैयाँ धरौटी उनीहरूसँग माग गरिएको छ ।

गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरमा भएको नेपाल टी–२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान सुरू गरेको थियो ।

अनुसन्धानको क्रममा सिआइबीले ७ विदेशी र ५ नेपाली गरी १२ जनालाई प्रतिवादी बनाएर काठमाडौँ सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले फागुन ५ गते ५ जनाविरूद्ध मात्रै मुद्दा दर्ता गरेको थियो । प्रतिवादी पाँच जनामध्ये नवीन कँडेल र रवि माझी फरार छन् ।

प्रहरीले घटनामा मुख्य योजनाकार लिगको मुख्या आयोजक सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिललाई दिएको थियो । तर, उनीविरूद्ध भने अदालतमा मुद्दा दर्ता भएको छैन ।

पुस १९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group