ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने


एबीसी / संवाददाता
१४ फाल्गुन २०७९, आइतबार   ७ : २७   बजे

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेविसंघ केन्द्रीय समितिको आयोजना तथा नेविसंघ पुल्चोक क्याम्पसको सहआयोजनामा यही फागुन १६ देखि १८ गतेसम्म पुल्चोकमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको हो । नेविसंघले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पुल्चोक क्याम्पसमा हुन लागेको ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्यालाई उजागर गरी समाधानको प्रयास थालिने जानकारी दिए ।

अध्यक्ष शेर्पाले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको भन्दै विद्यार्थीले सो विश्वविद्यालयको विकल्प खोजिरहेको बताए । “त्रिविमा प्रश्नपत्र दोहोरिराख्ने, समयमा परीक्षा नहुने, समयमा परीक्षा हुँदा पनि छ महिना, एक वर्षमा नतिजा नआउने समस्या छ, अहिले हाम्रा विद्यार्थीले अनुसन्धानमा ध्यान दिन सकेका छैनन्”, उनले भने ।

नेविसंघले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो । ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घण्टौँ लामो लाइन र पटकपटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा प्रणालीमा भएको ढिलासुस्ती र नतिजा प्रकाशनको अनिश्चितता, सेयर कारोबार गर्दा देखिने सर्भर त्रुटि जस्ता विद्यमान समस्याको समाधान ह्वाकाथुनमार्फत् खोजिने अध्यक्ष शेर्पाले बताए ।

ह्याकाथुन कार्यक्रममार्फत काठमाडौँलगायत देशभरका सहरमा बढ्दो प्रदूषण र फोहर व्यवस्थापनलाई प्राविधिक सहायतामा कसरी समाधान गरेर सफा र सुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा प्रणाली तयार पारिने नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group