ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुराँसले बिस्तारै रंगिदै वनपाखा


एबीसी / संवाददाता
१५ फाल्गुन २०७९, सोमबार   ६ : ०९   बजे

ताप्लेजुङ, १४ फागुन । वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रंगिन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रंगिन थालेका हुन् । यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँमा गुराँस फुल्न थालेको छ ।

ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको संगमस्थल अर्थात् गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा सामान्यतया फुल्न सुरु भएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष यस क्षेत्रमा केही ढिला गरी गुराँस फुल्न थालेको स्थानीयवासी चन्द्र कार्कीले बताए । मौसमी परिवर्तनका कारण पनि यो वर्ष ढिलो गरी गुराँस फुल्न सुरु भएको हुन सक्ने उनको बुझाइ छ । तापक्रम वा आर्द्रताको स्तरमा हुने परिवर्तनले पनि फुल्ने समय कहिले अघि र कहिले पछि हुने गर्छ । लामो समयसम्म पानी नपरेर मौसम सुक्खा हुँदा पनि गुराँस ढिलो फुल्ने गरेको पाइएको पाथीभरा क्षेत्रका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । विशेषगरी माघदेखि नै फुल्न सुरु हुने गुराँस चैत, वैशाखमा भने पूर्णतया फक्रिसक्छ । गुराँस एक हजार पाँच सय मिटरदेखि तीन हजार छ सय मिटरको उचाइसम्म पाइन्छ ।

प्रायः भिरालो जमिनमा हुने यसको बोट होचो र झ्याम्म परेको हुन्छ । रातो, गुलाबी र सेतो रङहरूमा फुल्ने गुराँसका विभिन्न प्रजातिमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ । नेपालको राष्ट्रिय फूलका रूपमा रहेको लालीगुराँस धार्मिक र सांस्कृतिकरूपमा पनि महत्त्वपूर्ण मानिन्छ । विद्याकी देवी सरस्वतीसँग सम्बन्धित मानिने फूललाई विभिन्न धार्मिक समारोह तथा चाडपर्वमा प्रयोग गर्ने गरेको पाइन्छ ।

यस्तै, गुराँसमा विभिन्न रोग निको पार्ने औषधीय गुणहरूसमेत पाइन्छ । घाँटी दुख्दा वा घाँटीमा केही खाने कुरा अड्किएमा गुराँसको सेवनले फाइदा पुग्छ । कलेजो र मिर्गौलाको समस्या भएमा समेत यसले फाइदा पुग्ने गरेको बताइन्छ । श्वासप्रश्वासको सङ्क्रमण, छालाका रोगहरूलाई पनि गुराँसको सेवनले कम गर्छ ।

थरीथरी रङमा फुल्ने गुराँसको धार्मिक, सांस्कृतिक र आयुर्वेदिक औषधीय गुणका हिसाबले जति महत्त्व छ उति नै पर्यटन प्रवर्द्धनमा समेत यसको महत्त्व रहेको देखिन्छ । जब गुराँसे वनहरूमा गुराँस ढकमक्क भएर देखिन्छन् तब आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै चहलपहल सुरु हुन्छ । गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रमा मात्रै वार्षिक बाह्य तथा आन्तरिक गरी हजारौँको सङ्ख्यामा पर्यटकहरू पुग्ने गरेका छन् । गुराँसको सौन्दर्यसँग रम्न र रमाउन चाहनेहरूको निकै चहलपहल हुने स्थानीय होटल व्यवसायीहरू बताउँछन् । एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने भएकाले पनि यस क्षेत्रमा गुराँसको अवलोकन गर्न पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको हो । यसबाट स्थानीय व्यवसायीको आम्दानीमा समेत सघाउ पु¥याउँछ । गुराँसको राजधानीदेखि अन्यत्रका ठाउँहरूमा पनि गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकहरूको चहलपहल हुने गरेको छ ।

गुराँस विभिन्न दृष्टिले महत्त्वपूर्ण भएपछि यसको संरक्षण नहुँदा भने मासिँदै पनि गएको छ । यसको संरक्षण गर्ने दायित्व सबैको भए पनि संरक्षणमा कसैबाट चासो नहुने गरेको सुकेटारका होटल व्यवसायी तथा समाजसेवी ओमप्रकाश राईले बताए ।

जथाभावी सडक विस्तारसहितका भौतिक संरचनाको निर्माणलगायतले गुराँसका वनहरू मासिन थालेको उनको बुझाइ छ । उपयुक्त भूगोल हेरेर गुराँसको विस्तार गर्नाका साथै यसको संरक्षणमा सबै पक्षले ध्यान दिन आवश्यक रहेको राईले बताए । विभिन्न दृष्टिकोणले गुराँसको महत्त्व उच्च रहे पनि यसको संरक्षण र विस्तारमा कसैको ध्यान नदेखिएको सरोकारवालाले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group