ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक


bhawani desk
१६ फाल्गुन २०७९, मंगलबार   १ : ४०   बजे

काठमाडौ, १६ फागुन । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, फुटबलका अन्जन विष्ट, किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् । यस्तै महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी सिता राना मगर, रुबिना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेकी छन् ।
वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी, प्रिती राई, बक्सिङका छिरिङ वान्ग्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा छन् । वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट परेका छन् ।
मञ्चका सचिव अन्जन खड्काको संयोजकत्वमा गठित छनोट समितिले मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्डमा ९ विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu