ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा उद्धारका लागि तीन जिल्लाबाट सशस्त्र प्रहरीको थप टोली परिचालन


ABC NEWS
१० भदौ २०८३, बुधबार   १२ : ३५   बजे

काठमाडौं । बाढीप्रभावित रसुवामा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन तीन जिल्लाबाट सशस्त्र प्रहरी बल नेपालको थप टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीअन्तर्गतको धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट तथा नं. १७ गण चितवनबाट थप सुरक्षाकर्मीको टोली रसुवातर्फ प्रस्थान गरेको हो।

बुधबार बिहान आकस्मिक रूपमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उद्धार तथा खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सबै सुरक्षा निकाय परिचालन गरिएका छन्। घटनाको विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी रहेको छ।

सशस्त्र प्रहरीका अनुसार नेपाल एपीएफ अस्पतालमा एक सय शय्या तथा आवश्यक स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लाटुन सुरक्षाकर्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको विशेष उद्धार टोली नुवाकोट पठाइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले रसुवाको पछिल्लो अवस्था र क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले फुर्केखोलाको पुल बगायो, धादिङबेशी आउजाउ प्रभावित

रसुवाको भोटेकोसीमा फेरि ठूलो बाढी, व्यापक क्षति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवाको बाढीले ४३१ मेगावाटभन्दा बढीका ऊर्जा आयोजना प्रभावित

रसुवाको बाढीले फुर्केखोलाको पुल बगायो, धादिङबेशी आउजाउ प्रभावित

रसुवाको भोटेकोसीमा फेरि ठूलो बाढी, व्यापक क्षति

रसुवा बाढी: उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन

रसुवामा बाढी : ३२ प्रहरी सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu