ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवन जीर्ण बन्दा व्यापारीलाई समस्या


एबीसी न्यूज
१८ फाल्गुन २०७९, बिहिबार   २ : १८   बजे

काठमाडौं,१७ फागुन । कैलालीको टीकापुर नगरपालिका परिसर बाहिर निर्माण गरिएको व्यापारिक भवन निर्माण सम्पन्न भएको एक दशक नबित्दै जीर्ण बन्दै गएको छ ।
निर्माण सम्पन्न भएको एक दशक मै भवन जीर्ण भएपछि भाडामा बस्दै आएका व्यापारी त्रसित भएका छन् । गर्मीयाममा धुलो झर्ने र वर्षातको समयमा चुहिने समस्याले व्यापारी आजित बनेका हुन् । १० वर्षदेखि सोही भवनको सटर भाडामा लिएर व्यापार गर्दै आउनुभएका मदिना फेन्सी स्टोरका सञ्चालक नारायण न्यौपानेले पटकपटक नगरपालिकालाई मर्मतका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको नभएको बताउनुभयो ।

“दुई/तीन वर्ष भइसक्यो भवन निकै जीर्ण बन्दै गएको छ, वर्षातको समयमा पानी चुहिने, गर्मीमा बालुवा र माटो झर्ने हुँदा सामान जोगाउनै मुस्किल छ”, न्यौपाने भन्नुहुन्छ, “सार्वजनिक सम्पत्तिमा मनोमानी गर्ने निर्माण कम्पनी र निगरानी गर्ने नगरपालिकाका इञ्जिनियरले आफ्नो घर पनि त्यस्तै बनाएका होलान् त रु”

उक्त भवनमा १३ कोठा छन् । सबै कोठाको अवस्था त्यस्तै छ । छतको तल्लो भागको पलास्टर झरेर प्रयोग भएका फलामका सरिया देखिन थालेका छन् । भुइँको पलाष्टर निस्किएर खाल्डा परेका छन् । नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूले दुई वर्षदेखि भाडा नतिरेको रितुराज फेन्सी स्टोरकी सञ्चालिका रीता घिमिरे बताउनुहुन्छ ।

भवनकै कारण बिक्रीका लागि राखिएको सामानको बिजोग भएको भन्दै घिमिरेले भवन मर्मत सम्भार भएपछि मात्रै भाडा तिर्ने भनेर नगरपालिकालाई जानकारी गराएको बताउनुभयो । “कोठा छाडेर जान हुन्थ्यो, छाडेर पनि कता जाने रु वर्षौदेखि त्यहीँ बसेर व्यापार गरियो”, उहाँले भन्नुभयो, “अझै वर्षातको समयसम्म भवन मर्मत सम्भार नभए छाड्नुपर्ने बाध्यता नै छ, विगत जसरी बिताए पनि दिनप्रति दिन सामान जोगाउन मुस्किल हुँदै गएको छ ।”

अर्का व्यापारी तिलक पुनमगरले भवन निर्माण गर्ने निर्माण कम्पनी र नगरपालिकाबाट अनुगमन गर्ने इञ्जिनियरलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण कम्पनीको लापरबाहीका कारण भवन एक दशक नपुग्दै जीर्ण बनेको बताउनुभयो । पुनमगरले भन्नुभयो, “राज्यको करोड रुपैयाँ खर्च गरेर बनेका संरचना छिट्टै जीर्ण हुने तर तिनै इञ्जिनियरले दिएको नक्साअनुसार बनेका निजी संरचना बलिया कसरी हुन्छन् रु, खर्च त निजीभन्दा सरकारीमा बढी भएको हुन्छ ।”

नगरपालिकाको राजस्व उपशाखा प्रमुख डिला उपाध्याय रेग्मीले भवनका बारेमा पटकपटक जनप्रतिनिधि र कार्यालय प्रमुखलाई जानकारी गराएको भए पनि काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले व्यापारीले राजस्व शाखामा पटक–पटक गुनासो ल्याएर आएको जनाउँदै त्यसलाई माथिल्लो तहमा आफूले पुर्‍याएको बताउनुभयो ।

व्यापारीबाट गुनासो आउन थालेपछि भवनको नगरपालिकाले अनुगमन गरेको छ । नगर प्रमुख रामलाल डङ्गौरा थारुले भवनको मर्मत सम्भारको नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले केही दिनमै भवनको काम अगाडि बढ्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu