ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर युनाइटेडको पोस्टमा लिभरपुलको ७ गोल


एबीसी / संवाददाता
२२ फाल्गुन २०७९, सोमबार   ८ : ३६   बजे

काठमाडौँ, २२ फागुन । इंग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्बिन नुनेज र मोहम्मद सलाहले २–२ गोल तथा रोबर्टो फिर्मिन्होले एक गोल गरे ।

पहिलो हाफको ४३औँ मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए । नुनेजले ४७औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएको तीन मिनेटपछि गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० मा पुर्‍याए ।

६६औँ मिनेटमा मोहम्मद सलाहले गोल थप्दा नुनिजले ७५औँ मिनेटमा अर्को गोल गरे । ८३औँ मिनेटमा काउन्टर अट्याकमा बल बढाउँदै सलाहले व्यक्तिगत दोस्रो गोल गरे । यो गोलसँगै सलाह लिभरपुलको सर्वाधिक गोलकर्ता बनेका छन् । उनको गोल संख्या १२९ पुगेको छ । साथै उनी लिभरपुलबाट युनाइटेडविरूद्ध सर्वाधिक १२ गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

निर्धातिर समय सकिन २ मिनेट बाँकी रहँदा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभुरपुललाई सानदार जित दिलाए ।

यो जितपछि लिभरपुल शीर्ष पाँचमा उक्लिएको छ । उसको २५ खेलबाट ४२ अंक भएको छ । पराजित युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको कारण अझै रहस्यमै, हिमपहिरोदेखि ड्याम फुटेसम्मको आशंका

रसुवामा उद्धारका लागि तीन जिल्लाबाट सशस्त्र प्रहरीको थप टोली परिचालन

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu