ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएः पूर्वमन्त्री शाह


bhawani desk
२९ फाल्गुन २०७९, सोमबार   १२ : १४   बजे

काठमाडौंं फागुन २९ । पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । रोल…
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महशुस भइरहेको बताउनु भयो । उहाँले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो पूर्वमन्त्री शाहले अनुगमन र निरीक्षणको बिस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीत, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अनुगमन कार्य इकाई, खाद्य, ट्राफिक जति पनि होस्, त्यसको अनुगमन कार्य इकाईहरु कमजोर भएको जस्तो लाग्यो । उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक छ । ऐन नबनेपनि ऐनको परिमार्जन गरौँ । इलिगल स्टाटस, ऐन, कानून, नियम, नियमावलीको वृहत छलफल गरेर संशोधन गर्नुपर्छ ।’

त्यस्तै उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरुलाई समयानुकुल बनाउँदै लैजानुपर्नै बताउनु भयो । उहाँले सेवाको गुणस्तरलाई बिस्तार गर्दै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले टेक्नोलोजीमा मर्काको बिरुद्ध उजुरी विकट स्थानका नागरिकहरुले संघीयता अनुसार नै दर्ता गर्न पाउनका लागि कानून संशोधन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले डिजिटल माध्यमहरुलाई छिटो भन्दा छिटो एडप्टेशन गर्नुपर्छ । जति छिटो गर्नसक्यो, क्षेत्र बिस्तार हुन्छ । डिजिटल कन्टेन हामीले छिटो भन्दा छिटो एडप्टेशन गराउनुपर्छ । सेवाको गुणस्तरलाई बिस्तार गर्दै लैजानुपर्ने हुन्छ । इन्टरनेट सेवामा धेरै ल्याप्सेसहरु छ, त्यसको सुधार आवश्यक छ । सेवाको गुणस्तरमा एकदमै विचार गर्नुपर्नेछ । टेक्नोलोजीमा मर्काको बिरुद्ध उजुरीको कुरा छ । त्यो कस्तो बनाइयो भने मुगुको मान्छेले पनि जमलमा आएर उजुरी गर्नुपर्ने बनाइयो त्यो कानून संशोधन गर्न जरुरी छ । संघीयता गइसकेपछि हामी त्यसको सेवा पनि बिस्तार गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले नयाँ प्रविधिमार्फत सेवाहरु पनि प्रवाह गर्न दूरसञ्चार प्राधिकरणले आफ्नो भुमिका खेलिरहेको बताउनु भयो । उहाँले प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विकास निर्माणका कामहरु पनि भएका छन् । पूर्वाधार पनि बनेका छन्, नयाँ प्रविधिमार्फत सेवाहरु पनि प्रवाह भएका छन् । तर हामीले त्यसलाई विश्व उपभोक्ता अधिकार दिवस मनाउँदा मात्रै कन्जुमरलाई समेट्छौं की अन्य बेलामा पनि गर्नुपर्छ ? त्यो विषयमा सोच्नुपर्छ । प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको छ । उपभोक्ताहरुलाई सुसुचित गराउने, शिक्षित बनाउने, छनोटको अधिकार दिलाउने कामहरु गरिरहेको छ । सरकार र उपभोक्ताहरुसँग समन्वय गरिरहेको छ । नयाँ प्रविधि र सेवाको बिस्तारमा प्राधिकरण आफ्नो हिसावले लागि परेको छ ।’

निर्देशक घिमिरेले प्राधिकरणले उपभोक्ताहरुलाई सुसुचित गराउने, शिक्षित बनाउने, छनोटको अधिकार दिलाउने कामहरु गर्दै आएको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group