ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पपुवा न्युगिनीविरुद्ध नेपालको सान्दार जित, विश्वकप क्वालिफायर नजिक


एबीसी न्यूज
२९ फाल्गुन २०७९, सोमबार   १२ : ५९   बजे

काठमाडौँ, फागुन २९ ।  आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ ।४ ओभरमा लक्ष्य भेट्टायो ।

 

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । उनले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए ।कुशल भुर्तेलले १४ बल खेल्दै चार चौकार २ छक्का मद्दतमा ३३ रन बनाए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ३।३ ओभरमै ५१ रनको साझेदारी गरेका थिए । भुर्तेल आउट भएपछि आसिफले अर्का कुशल ९मल्ल० साग मिलेर नेपाललाई जित दिलाए । कुशल मल्लले अविजित १२ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।

 

घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृखंलामा लगातार तीन जितपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बाब्बेमा आगामी जुन(जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ । त्यसका लागि नेपालले बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।

लेग स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी ९पीएनजी० ३२ ओभर खेल्दै ९५ रनमै अलआउट भएको थियो ।पीएनजीको १० मध्ये ९ विकेट नेपाली स्पिनरले लिँदा सन्दीप एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै २५ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए ।

सन्दीपले लिग टू मा दोस्रो पटक ५ वा त्यो भन्दा बढी विकेट लिएका हुन् । यसअघि २०२० मा नेपालमै भएको लिग टू मा अमेरिकाविरुद्ध उनले ६ विकेट लिएका थिए ।यस्तै ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group