ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अण्डरग्राउण्ड मनीलाइ एकचोटि शुद्धीकरण हुन दिने कि ?


एबीसी न्यूज
१५ माघ २०७४, सोमबार   २ : ५५   बजे

काठमाडौं, १५ माघ । नेपाल चेम्बर अफ कमर्सका नर्वचिर्वाचित पदाधिकारीहरुलाई आज सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत देखाएका छन् ।

फायल फोटो

उद्योगीहरुको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् । उनले एकपटकका लागि अण्डरग्राउण्ड मनीलाई शुद्धीकरण गरेर लगानीमा लाउन सकिनेबारे सोच्नुपर्ने समेत बताएका छन् ।

सम्पत्ति शुद्धीकरणका अहिलेको नीति मुसो निस्किने दुलामा साँचो थापेर बसेजस्तो भएको र यसले लुकेको पैसा बाहिर नआउने तर्क गर्दै ओलीले भने, ‘मनी लाउन्डरिङ भनेको जसले पैसा निकाल्छ, त्यसलाई समाउने मात्रै होइन, यो लाउन्डरिङ नै भएन ।’ ओलीको प्रश्न छ– ‘लगानीलाई लाउन्डरिङ मान्ने कि नमान्ने ? लाउन्डरिङको नयाँ परिभाषा के हो ? यदि हुँदैहुँदैन भने यो शब्द फेरिदिऊँ ।’

उद्योगीहरुसामू रहेको अण्डरग्राउण्ड मनी बाहिर ल्याउन सुधार गर्नुपर्छ कि भन्दै एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘लुकेको पैसा इन्भेस्टमेन्टमा लाग्न सकोस् । आइडल बसेकाले रोजगारी सिर्जना गर्न सकोस् । यसमा अलिकति सोच्नु पर्ला कि ?’ एमाले अध्यक्ष ओलीले एउटा निश्चित समय सीमा दिएर सम्पत्ति अभिलेखीकरण गर्न दिने संकेत गरेका छन् । ओलीले भने, ‘एउटा कट अफ प्वाइन्ट मानेर अण्डरग्राण्ड मनीलाई शुद्धीकरण हुन दिने र सरकारले कर लिने कि ? नत्र कोही क्यासिनोमा जान्छ ।’ नेपालका उद्योगी व्यवसायीहरुले एकपटकका लागि आफ्नो सम्पत्ति अभिलेखीकरण गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।

यसका लागि पटकपटक लबिङ पनि भएको थियो । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले उद्योगीहरुको त्यस्तो आग्रहबारे एकपटक सोच्नुपर्ने बताएका हुन् । तर ओलीले भनेजस्तो सजिलो छैन सम्पत्ति शुद्धीकरण किनभने, मनी लाउण्डरिङसम्बन्धी कानून नेपालले आफ्नो देशका लागि मात्रै बनाएको नभई अन्तरराष्ट्रिय समुदायसँग जनाएको प्रतिवद्धतामा आधारित छ ।

विश्वमा मनी लाउण्डरिङलाई गम्भीर अपराधका रुपमा हेर्ने गरिएको छ । विशेषगरी आतंकवादीहरुले आर्जन गरेको सम्पत्ति शुद्धीकरण हुने गरेको र त्यसले आतंकवादलाई प्रश्रय दिएको भन्दै विश्वमा यस्तो कार्यलाई गम्भीर अपराध मानिएको हो । नेपालमा भ्रष्टाचारीहरुले अकूत सम्पत्ति आर्जन गर्ने र त्यसलाई चोख्याउन र शुद्धीकरण गर्नका लागि विभिन्न उद्योग व्यवसायमा लगाउने क्रम बढिरहेको छ । एकपटकका लागि उनीहरुको पैसालाई शुद्धीकरण गर्ने हो भने अहिलेसम्मको भ्रष्टाचारले समेत बैधानिकता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group