ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐरी र सार्कीलाई सम्मान गरिने


एबीसी / संवाददाता
५ चैत्र २०७९, आइतबार   ९ : १३   बजे

कञ्चनपुर, ५ चैत । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरी जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।

“नगरप्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरिसक्नुभएको छ, छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गर्छौँ । नगरको गरिमा उच्च राख्नमा दुवै खेलाडीले अहम् भूमिका निर्वाह गरेका छन्”, उनले भने, “त्यसैले पुरस्कृत गर्न लागेका छौँ ।” गृहनगरमा आएका बेला दुवै जनालाई पुरस्कृत गरिने उनले जानकारी दिए ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : नेपाली सेना उद्धारमा परिचालित, दुई हेलिकप्टर र मेडिकल टोली प्रभावित क्षेत्रमा (भिडियो)

🚨 रसुवा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय विपद् परिषद्को बैठक

सम्बन्धित

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu