ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज भैरहवा क्याम्पसमा चुनावः अनेरास्ववियु एक्लै, अन्य संगठन गठबन्धन बनाएर भिड्दै


एबीसी / संवाददाता
८ चैत्र २०७९, बुधबार   ८ : २८   बजे

भैरहवा, ८ । बुधबार हुन गइरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

पूर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गइरहेको छ ।

स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन (अनेरास्ववियु) एक्लै प्रतिस्पर्धामा होमिएको छ ।

चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानलसहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ ।

सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भीम भण्डारीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादीनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिस्पर्धा गर्दैछन् ।

अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन स्वतन्त्र मधेसी युनियनले समर्थन गरेको छ भने देवानलाई लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।

यसैगरी, अध्यक्षमा नेकपा एसनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अजय भन्डारी, विप्लव निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिस्पर्धा गदै छन् ।

२०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपूर्ण र पुरानो क्याम्पसको रुपमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group