ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार

विद्रोह गरी सांसद जितेका पुन माओवादीमै फर्किए


एबीसी न्यूज
८ चैत्र २०७९, बुधबार   ११ : ५३   बजे

काठमाडौं, ८ चैत्र ।  लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा ९माओवादी केन्द्र० रोज्नुभएको छ । उहाँले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताउनुभएको हो ।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएको थियो । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उहाँ विजयी हुनुभएको थियो । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ पुनः माओवादी केन्द्रमै फर्किनुभएको छ ।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोज्नुभएको थियो । उहाँले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएको हो । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराउनुभएको थियो । यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group