ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिचेस्टाइनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोले बनाए अर्को कीर्तिमान


एबीसी / संवाददाता
१० चैत्र २०७९, शुक्रबार   ९ : २९   बजे

काठमाडौँ, १० चैत । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि बिहीबार राति पोर्चुगलले युरो २०२४ छनोट प्रतियोगितामा लिचेस्टाइनमाथि ४–० को जित हासिल गरेको छ ।

रोनाल्डोको पोर्चुगलबाट यो १९७औँ खेल हो । योसँगै उनी सबैभन्दा धरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् । उनले कुवेतका बाबर अल–मुतवालाई पछि पारेका हुन् । अल–मुतवाले कुवेतबाट १९६ खेल खेलका छन् । तेस्रो स्थानमा मलेसियाका सो चित अन छन् । उनले १९५ खेल खेलेका छन् ।

लिस्बोरस्थित जोजे अल्भालडे रंगशालामा पोर्चुगलले ८औँ मिनेटमा जोओ कान्सेलोको गोलबाट अग्रता लिएको थियो । ४७औँ मिनेटमा बर्नार्डो सिल्भाले पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए । ५१औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे । ६३औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै पोर्चुगललाई ४–० को सानदार जित दिलाए ।

यससँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या कीर्तिमानी १२० पुर्‍याएका छन् । धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका इरानमा अली दाइले १०९ गोल गरेका छन् ।

जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलको ३ अंक छ । समान ३ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना दोस्रो स्थानमा छ । समान एक अंक जोडेको लक्जेम्बर्ग र स्लोभाकिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । ६ टोली रहेको समूह ‘जे’ मा आइसल्यान्ड पाँचौँ र लिचेस्टाइन छैटौ स्थानमा छन् ।

बोस्निया एन्ड हर्जगोभिनाले गएराति नै आइसल्यान्डलाई ३–० ले हराएको थियो । लक्जेमबर्ग र स्लोभाकियाले गोलरहित बराबरी खेलेका थिए ।

बिबिसीका अनुसार रोनाल्डोको नाममा भएका कीर्तिमान
च्याम्पियन लिगमा सबैभन्दा धेरै गोल– १४ गोल
च्याम्पियन लिगमा सबैभन्दा धेरै खेल खेल्ने– १८३ खेल
तीन च्याम्पियन लिग फाइनलमा गोल गर्ने एक्लो खेलाडी
सबैभन्दा धेरै युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने– ५ पटक
युरोपियन च्याम्पियनसिपको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने– ४ गोल
अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल– १२० गोल
सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी– १९७ खेल
अन्तर्राष्ट्रिय फुटबलमा १० ह्याट्रिक गर्ने पहिलो खेलाडी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group