ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय संसद् भवन पू्रा गर्न समय माग


एबीसी न्यूज
१६ चैत्र २०७९, बिहिबार   १ : ५४   बजे

काठमाडौं, १६ चैत । रासस सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुननसकेकाले अझै एक वर्ष समय माग गरेको हो ।
उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न गर्न निर्माण व्यवसायीको प्रस्ताव प्रक्रियामा रहेको बताउनुभयो । “निर्माण व्यवसायीले अनुमानित थप एक वर्ष माग गरेका छन् । जनशक्ति व्यवस्थापन गरी छ महिनाभित्र सम्पन्न गर्न विभागले प्रयास गरेको छ । एकवर्ष समय दिने या नदिने विषयमा भने अन्तिम निर्णय भएको छैन”, उहाँले भन्नुभयो ।

उपनिर्देशक श्रेष्ठले बाह्य संरचना बने पनि भित्री संरचना, फिनिसिङ, साजसज्जाको काम बाँकी रहेको जानकारी दिनुभयो । छ महिना समय थप गरेअनुसार चैतमा सम्पन्न हुनुपर्नेमा हाल ६२ प्रतिशत काम भएको र पूर्णरुपमा निर्माण गरी सञ्चालनमा आउन थप एक वर्ष लाग्ने उहाँको भनाइ थियो । कूल रु पाँच अर्ब ६७ करोड २६ लाख ९भ्याटसहित०को लागतमा यो भवन बनाउने ठेक्का निमार्ण कम्पनी तुँदीले पाएको थियो । चौबिस हजार तीन सय ८० स्क्वायर मिटर ग्राउन्ड एरियामा १२ वटा भवन निमार्ण हुनेछन् भने कूल जमिन एरिया भने ७७ हजार छ सय ५१ स्क्वायर मिटर रहेको उपनिर्देशक श्रेष्ठको भनाइ थियो ।
संसद् भवनको स्वरूप आधुनिक र प्रविधिमैत्री ढङ्गले गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएका भवनको वास्तुकला तथा स्वरूप काठमाडाँँैको परम्परागत वास्तुकला झल्कने खालको छ । संसद् भवन परिसरभित्र निर्माण गरिएका कार्यालयका सबै भवन एक अर्कासँग जोडेर निर्माण गरिएको छ । निर्माण भएका भवन तीनदेखि पाँच तलासम्मका छन् ।

हाल सङ्घीय संसद् सचिवालयले सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा बनाइ वार्षिक रु साढे १४ करोड भाडा बुझाउँदै आएको छ । विसं २०७६ असोज १ मा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् भवन शिलान्यास गर्नुभएको थियो ।

नयाँ सङ्घीय भवनमा पुस्तकालय

सहरी विकास मन्त्रालयको गुरुयोजनाअनुसार उत्तर पश्चिम भागमा रहेको पुस्तकालय भवनको उत्तरतर्फ क्याटिन, दक्षिणतर्फ तल्लो सदन, पश्चिम र पूर्वी भागमा खुल्लाक्षेत्र राखिएको छ । आयोजनास्थलको कूल क्षेत्रफल ८८ हजार दुई सय ७१ दशमलव चार वर्गमिटरमध्ये पुस्तकालय भवनले सात सय १३ दशमलव ९६ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भवन अवलोकन गरेपछि निर्माणाधीन पुस्तकालयको भित्री संरचना साँघुरो भएकाले परिमार्जन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनअनुरुप मन्त्रालयले भवनको भित्री संरचनामा परिमार्जन गर्ने प्रयास गरिरहेको सहसचिव पदमकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, “समयसापेक्ष अनुसार नै पुस्ताकालय निर्माण भइरहेको छ । समितिले दिएको निर्देशनपश्चात् भवनको भित्री संरचनामा मिल्नेसम्म हेरफेर गरेका छाँै । निर्माण सम्पन्न हुँदासम्म पुस्तकालय योग्य नै हुन्छ ।” समितिका सदस्य तुलसाकुमारी दाहालले पुस्ताकालयको भित्री संरचना परिमार्जन गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस्तकालयको भित्री संरचना साँघुरो र अँध्यारो रहेकाले परिमार्जन गर्न आवश्यक छ । मन्त्रालयले केही भित्री संरचना परिमार्जन गराएको छ । निर्माण सम्पन्न हुदाँसम्म पुस्ताकालय समयसापेक्ष हुनुपर्छ ।”
भूकम्परहित निर्माणाधीन पुस्तकालयको पहिलो तलामा पत्रपत्रिका अध्ययन कक्ष, दोस्रोमा अभिलेखालय तथा सङ्ग्रहालय र तेस्रोमा महत्वपूर्ण कागतजात राख्ने मन्त्रालयको योजना रहेको सदस्य दाहालले जानकारी दिनुभयो । सिहंदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ ।

निर्माण भइरहेको भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिको कार्यकक्ष रहेको छ । त्यस्तै भवनसँगै पुस्तकालय, संसदीय दलको कार्यालय, संसदीय समिति, संसदीय सचिवालय, चमेना गृह, सञ्चार कक्ष, सवारीसाधन पार्किङ र सुरक्षाकर्मी लागि भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group