ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा सडक कविता वाचन


एबीसी / संवाददाता
२६ चैत्र २०७९, आइतबार   ९ : २९   बजे

गण्डकी, २६ चैत । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ ।

संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको सांकेतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए ।

विकृति, विसंगतिप्रति सम्बन्धित निकायको चासो नपुगेको जनाउँदै उनले कार्यक्रममार्फत जनआवाजलाई सुनाउने अपेक्षा गरिएको बताए । संस्थाका उपाध्यक्ष प्राडा यामबहादुर पौडेल क्षेत्रीले सांकेतिकरूपमा मञ्चका कुर्ची पात्रविहीन बनाएर कार्यक्रम आयोजना गरिएको बताए ।

संंस्थाले गण्डकी प्रदेशभित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित आमन्त्रण गरेको थियो । यी रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अंकमा प्रकाशन गर्ने प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिए ।

लोकसंस्कृतिका अध्येता प्राडा कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथित, संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि कवि कलाकारको ठुलो भूमिका रहेको बताउँदै बेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए ।

सञ्चारकर्मी शिवराज बस्ताकोटी (शिव दाइ), अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश गर्ने धारणा राखे ।

साहित्यकार डा जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना, तेजबहादुर गुरुङ, अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचना वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group