ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीदको सपना पूरा गर्नुपर्छ : उपराष्ट्रपति


admin
१६ माघ २०७४, मंगलबार   ७ : २०   बजे

काठमाडौँ, १६ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले शहीदको सपना पूरा गर्नुपर्ने बताउनुभएको छ ।
शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क निर्माण कार्यदल कार्य सम्पादन समितिले आज स्मारक निर्माणस्थल गोकर्णेश्वर नगरपालिकाको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आयोजना गरेको कार्यक्रममा उहाँले शहीद आस्थाको धरोहर भएको बताउनुभयो ।

“शहीदले सुशासन, समृद्धि र भेदभावको अन्त्यका लागि बलिदानी दिएका हुन्, यो सपना अब हामी जीवित रहनेले पूरा गर्नुपर्छ, शहीदका सपना पूरा गर्न हामी सबै आफ्नो स्थानबाट लाग्नुपर्छ”, उपराष्ट्रपति पुनले भन्नुभयो ।

काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले स्मारक निर्माण सम्पन्न गर्न सबै राजनीतिक दल एवम् पक्षको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

क्षेत्र नं ३ प्रदेशसभा (क)का सांसद छिरिङदोर्जे लामाले शहीद स्मारक निर्माणमै ढिलाइ हुँदा राम्रो सन्देश नगएकाले छिटो निर्माण गर्न सम्बन्धित पक्षको ध्यान जानुपर्ने बताउनुभयो ।

क्षेत्र नं ३ प्रदेशसभा (ख)का सांसद रामेश्वर फुयाँलले स्मारक निर्माण सम्पन्न गरेर श्रद्धाञ्जलिका लागि स्थल निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रका अध्यक्ष एवम् शहीद परिवारका सदस्य खिलानाथ दाहाल लगायतले शहीदको सपना पूरा गर्न पहिलो चरणमा स्मारककै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले निर्माण व्यवसायीका कारण स्मारक निर्माणमा ढिलाइ भएको बताउनुभयो । निर्माण व्यवसायीलाई चैतसम्मको समय थप गरिएको र थपिएको समयमा पनि नसके शान्ति तथा पुनःनिर्माण मन्त्रालयले अर्को ठेक्का आह्वान गर्ने उहाँले जानकारी दिनुभयो ।

स्मारक निर्माणका लागि हालसम्म रु २७ करोड ८२ लाख खर्च भएको समितिले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको बैठकले गोकर्णमा स्मारक बनाउने निर्णय गरेको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Syria And Israel Hold US-Mediated Talks To Ease Border Tensions

Gaza Hospitals Face Critical Oxygen Shortages Amid Ongoing Conflict

Landfill Collapse Kills Dozens in Guinea’s Capital

UK Authorizes Transfer of Missile Technology to Boost Ukraine’s Domestic Production

Nepali Congress Faces Internal Division Ahead of Convention

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu