ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपुग्यो पाठ्यपुस्तक


एबीसी न्यूज
२८ चैत्र २०७९, मंगलबार   १ : २५   बजे

काठमाडौं, २८ चैत । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । अहिले पाठ्यसामग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रीवितरण थालिने महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताउनुभयो ।

यहाँका स्टेशनरी व्यवसायीले संयुक्त रुपमा पुस्तक खरिद गरेर ल्याएका हुन् । विगतदेखि नै सामुदायिक विद्यालयका पुस्तक ल्याएर उनीहरुले पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घमार्फत बिक्री वितरण गर्दै आएका छन् । बिक्री वितरणको संयोजन महासङ्घले नैे गर्दै आएको हो ।

अघिल्लो शैक्षिक सत्रमा बिक्री वितरण भएको सङ्ख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासङ्घले जनाएको छ । नपुगेको खण्डमा भने पुन: ल्याएर बिक्री वितरण गर्ने बताइएको छ । जनक शिक्षा सामग्री केन्द्रले योवर्ष समयमै पुस्तक छापेको र खरिद गर्ने तथा ल्याउने प्रक्रिया पनि समयमा नै भएकाले चाँडै पाठ्यपुस्तक आएको महासङ्घको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group