ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढाका कुमारलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस


एबीसी न्यूज
२९ चैत्र २०७९, बुधबार   ९ : ४५   बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद तथा पार्टीका नेता ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि आन्तरिक छानबिन सुरु भएको थियो। पार्टीको अनुशासन समितिले श्रेष्ठलाई स्पष्टीकरण सोध्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

रास्वपा अनुशासन समितिका सदस्य, अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार श्रेष्ठले पार्टी र जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै उनलाई तत्काल प्रतिनिधि सभा सदस्य पदबाट हटाउन सिफारिस गरिएको छ। उनलाई पदमा राखिरहँदा भ्रष्टाचारमा संरक्षण गरेको देखिने भएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न पनि सिफारिस गरिएको छ।

अनुशासन समितिलाई पेस गरेको बयानमा श्रेष्ठले प्रसाईंसँग टेलिफोन वार्ता गरेर २ करोड रुपैयाँ मागेको भनिएको अडियोको आवाज आफ्नो नभएको दाबी थिए। अडियोको आवाज आफ्नो नभएको जिकिर गरे पनि श्रेष्ठले उक्त अडियो आफ्नो हैन भन्ने अन्य आधार पेस नगरेकाले उक्त आवाज श्रेष्ठको ‘हैन भन्न नसकिने’ निष्कर्ष समितिले निकालेको छ।

रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा, सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन्।

हालसम्म प्राप्त भएका तथ्य र श्रेष्ठको बयानका आधारमा अनुशासन समितिले सिफारिस गरेको र त्यसबारे थप निर्णय केन्द्रीय समितिले गर्ने अनुशासन समितिका सदस्य न्यौपानेको भनाइ छ।

उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान सुरु भएकाले पार्टीले त्यसमा सहयोग गर्नुपर्ने अनुशासन समितिको निष्कर्ष छ। रास्वपा अनुशासन समितिले सांसदलाई घुस अफर गर्ने व्यवसायी प्रसाईंमाथि पनि छानबिन हुनुपर्ने बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group