ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरुवा रोग अस्पताल शिलान्यास


एबीसी न्यूज
२९ चैत्र २०७९, बुधबार   ४ : ११   बजे

काठमाडौं, २९ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गर्नुभएको छ ।

अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताउनुभयो । मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका रूपमा विकास गरिने उल्लेख गर्नुभयो ।

मन्त्री पन्थीले हरेक पालिकाको आफ्नै अस्पताल निर्माण गरिनुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सय शय्यामा विस्तार गर्ने योजना बनाइएको बताउनुभयो । सरुवा रोग अस्पतालको आफ्नै भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर सञ्चालन गरिने उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जग्गा प्राप्ति, प्रारम्भिक वातावरणीय मूल्याङ्कन ९आइइई०लगायत प्रक्रियाका कारण ठेक्का भएको १३ महिनापछि भवन निर्माण सुरु भएको बताउनुभयो । उहाँले निर्माण ढिला सुरु भएपनि निर्धारित समयमा सम्पन्न गरिने बताउनुभयो ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताउनुभयो । प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी भवन निर्माणका लागि कपिलवस्तु छनोट गरिएको प्रदेश स्वास्थ्य सचिव डा विनोद गिरीको भनाइ छ । उहाँले भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिनुका साथै प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताउनुभयो ।

कोभिड महामारीको समयमा सङ्क्रमितलाई उपचारमा समस्या भएपछि प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको अवधारणाको विकास भएको थियो । पहिलो चरणमा ५० शय्याको अस्पताल निर्माण हुनेछ । विसं २०८१ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी रू २० करोड ९६ लाख तीन हजार तीन सय २६ मा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu