ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँगको तातोपानी नाका वैशाख १८ गतेदेखि पूर्ण रूपमा खुल्ने, मानिस पनि आवतजावत गर्न मिल्ने


ABC NEWS
५ बैशाख २०८०, मंगलबार   ५ : ०६   बजे

 

काठमाडौं ५ बैशाख । सिन्धुपाल्चोकको नेपाल-चीन तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ।

२०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेको थियो। २०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्नमिल्ने गरी नाका खुलाइएको थियो। तर कोभिड सुरु भएसँगै पुनस् बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो।

अब दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू समेत आवातजावत गर्नमिल्ने गरी नाका खुलाउने सहमति भएको हो।

तातोपानी नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबिच छलफल भएको छ।

 

सोमबार सिन्धुपाल्चोकको तातोपानी नाकामा सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको सिन्धुपाल्चोकका डीएसपी रामकुमार यादवले जानकारी दिए।

दुई देशका सुरक्षाकर्मीले कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने, सुचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदशील रही आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने भएका छन्।

यस्तै थप चेक प्वाइन्ट राखी कडा चेक जाँचको ब्यवस्था मिलाउने, सिमा सुरक्षा सम्बन्धी सम्पुर्ण सुचना तत्कालै आदान प्रदान गर्ने, बिगतमा भए जस्तै आगामी दिनहरुमा समेत आपसी सुरक्षा सम्बन्धी काम कारवाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रही सुरक्षा ब्यवस्थालाई मजबुद बनाउने सहमती भएको डीएसपी यादवले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu