ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले ‘ठूला नेता र तिनको राजनीति बन्द गराउने’ धम्की दिए


ABC NEWS
१० बैशाख २०८०, आइतबार   ८ : ४५   बजे

भरतपुर १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले फेक न्युज कारखाना चलाएर रास्वपाका विरुद्धमा गलत सूचना प्रवाह गरेको भन्दै ठूला नेता र तिनका दलको राजनीति बन्द गराइदिने धम्की दिएका छन् ।

आइतबार उपनिर्वाचन सुरु भएसँगै सामाजिक सञ्जालबाट भिडिओ सन्देश पोस्ट गर्दै लामिछानेले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युज कारखाना चलाएको दाबी गरेका हुन्।

हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न उनले मतदातालाई आग्रह समेत गरेका छन्।

रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनहु र चितवन तिनै ठाउँमा भोट घण्टी लाई नै हो। ठुला पार्टीका ठुला नेता ज्यु, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन्।

‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला।’

साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन्।

लामिछानेले भिडिओमार्फत दिएको सन्देशः
मतदातालाई मेरो नमस्कार, अहिले विभिनन फेक न्युजहरु आएर, कायरहरुले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखानाहरू चलाएर हाम्रो समर्थन कुन दललाई भनेर गलत सूचना प्रवाह गरिरहेका छन्। हारेको मानसिकता बोकेका मानिसकहरूको पछि नलाग्नुहोला। रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं। कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला। यो गलत कुरालाई ध्यानमा राख्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउनेछौं। आज लुकेर गरिएका घेराबन्दी र प्रहारको जवाफ नेपाली जनताले दिनेछन्। समयमै मतदान केन्द्रमा पुगेर भोट गर्नुहोला। धेरै षडयन्त्र र घेराबन्दीको सामना गरिरहेका छौं। विभिन्न मतदान केन्द्रमा जाँदैछु।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group