ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरधाममा प्रदेशसभाको तयारी


admin
१७ माघ २०७४, बुधबार   ७ : २२   बजे

जनकपुरधाम, १७ माघ । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ ।

शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षमा बैठक बसाल्न मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ ।

केन्द्रको परिसरलाई व्यवस्थापिकाका लागि निर्धारण गरिएकाले सोहीअनुरूपको बैठक कक्ष, सभामुख कक्ष, उपसभामुख कक्ष, संसदीय समिति कक्ष, संसदीय दल बैठक कक्षसहितको व्यवस्थापन कार्य सो परिसरमा भइरहेको छ ।

शहरी तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बैठकका क्रममा सभामा प्रयोग हुने कुर्सी, पोडियम निर्माण र सभाकक्षको रङरोगनको कार्य युद्धस्तरमा भइरहेका छ र माघ १९ गतेभित्र बैठक कक्ष पूर्णतः तयार हुनेछ ।

प्रदेशसभाको भौतिक निर्माणका लागि रु ५५ करोड माग गरिएकामा रु सात करोड रकम सरकारबाट प्राप्त भएको बताइएको छ । कार्यपालिकाका लागि जनकपुर चुरोट कारखाना परिसरका भवनको मर्मतसम्भारको कार्य भइरहेको छ ।

यसैबीच, प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यही माघ २१ गते हुने प्रदेशसभाको प्रथम अधिवेशन विधि र प्रक्रियाअनुरुप सञ्चालन गर्न गृहकार्य भइरहेको बताउनुभयो ।

रासससँग आज जनकपुरधाममा कुराकानी गर्दै उहाँले प्रदेशसभाको काम कारबाही व्यवस्थित रुपमा सञ्चालन गर्न सङ्घीय संसद् सचिवालयबाट विज्ञसहितको टोलीसमेत जनकपुरधाम आइसकेकाले बैठक सञ्चालनमा समस्या नआउने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञहरूले अधिवेशन सञ्चालन, मर्यादापालकको व्यवस्थापन, प्रदेशसभा सदस्यको आगमन, समितिका बैठक सञ्चालन सम्बन्धमा प्रशिक्षण र सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

बैठक सञ्चालनबारे प्रशिक्षण दिन संघीय संसद् सचिवालयबाट यहाँ आएका विज्ञहरूको टोली भने प्रदेशसभा सचिवालय हेर्ने कर्मचारीहरूको व्यवस्थापन नगरिएका कारण अन्यौलमा परेको छ ।

बैठक सञ्चालनमा सहयोग तथा आवश्यक प्रशिक्षण दिन सहसचिव वंशीधर पौडेलको नेतृत्वको चार सदस्यीय टोली यहाँ आएको हो ।

विज्ञहरूले कसलाई प्रशिक्षण दिई प्रदेशसभा सञ्चालनको विधि र प्रक्रिया अगाडि बढाउने हो भन्ने सबैतिर चासोको विषय बनेको छ ।

प्रदेश प्रमुख सचिवालयका उपसचिव हुमप्रसाद घिमिरेले प्रदेशसभा सचिवालयका कर्मचारीको व्यवस्थापन नभएका कारण स्थानीयस्तरमा उपलव्ध कर्मचारीलाई नै प्रशिक्षण दिई प्रदेशसभा सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

यही माघ २० गते प्रदेशसभा सञ्चालनको पूर्वाभ्यास गर्ने सोचसमेत राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group