ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाण प्रहरी कार्यालयमा उपस्थित, कागज गराएर छोडियो


एबीसी न्यूज
२५ बैशाख २०८०, सोमबार   १० : ४२   बजे

काठमाडौं, २५ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसँग प्रहरीले बयान लिएको छ । सोमबार ९आज० साँझ उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको प्रहरी स्रोतले बतायो ।

काठमाडौं प्रहरी परिसरमा बोलाएर खाणलाई बोलाएर उक्त प्रकरकणबारे सोधपुछ गरी चाहेको बेला उपस्थित हुने खालको कागज गराइएको स्रोतले बतायो ।प्रहरी उच्च स्रोतले भन्यो, ‘घटनाको विषयमा आवश्यक सोधपुछ भयो, चाहेको बेला उपस्थिति हुने गरी कागज गराइएको छ’, स्रोतले भन्यो ।

नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को हाइ प्रोफाइल व्यक्ति तानिन थालेपछि राजनीतिक दबाबमा परी अनुसन्धान कार्य प्रभावित भएको आलोचना भइरहेको छ । चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान नै ‘होल्ड’ गरिएको थियो । अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए । बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो ।

शेरबहादुर देउवापत्नि आरजु राणालाईलाई समेत पैसा बुझाएको भनेर गिरोहसँग भएको मोबाइल कुराकानीको अडियो पक्राउ परेकाले प्रहरीलाई दिएका छन् । यो अडिओबारे पनि प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेका थिए ।विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरूले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन् ।ओलीले प्रचण्डसँगको भेटमा चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले दिएको बयान के भयो रु भन्दै त्यसको रेकर्ड मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group