ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाण पक्राउ परेलगत्तै शेखरले भने – नक्कली शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही हुनुपर्छ


ABC NEWS
२७ बैशाख २०८०, बुधबार   ११ : ३२   बजे

बैशाख २७ , विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण जोसुकै संलग्न भए पनि कारबाही गरिनुपर्ने बताएका छन्।

यो प्रकरण राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबमा पनि जोडिएकाले जो कोही संलग्न भए पनि कारबाहीको दायारामा ल्याउन आवश्यक रहेको उनले बताए।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले नक्कली शरणार्थीकोविबिषयमा संलग्न उम्कने अवस्था नरहेको पनि बताए।

‘नक्कली शरणार्थीको इस्यु देशको लागि पनि लज्जास्पद कुरा हो। प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ। त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन। किनभने यो राजनीतिक वृत्तमा आइसक्यो, यो अन्तराष्ट्रिय स्तरमा पनि गइसकेको छ,’ उनले भने, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरु पनि सशंकित हुन्छन् नि यो केभइरहेको छ नेपालमा भनेर। त्यसकारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन।’

प्रहरीले अनुसन्धान गरिरहेकाले सघाउनु पर्ने उनले बताए।

‘जो–जो दोषी हो उनीहरु त कारबाहीमा पर्नुपर्छ। गतल काम भएको छ। उनीहरुले कारबाहीको भागीदार बन्नुपर्छ,’ उनले भने, ‘तीनजना नेताले छलफल गरे, दुई नेताले बसेर छलफल गरेको समाचार हामीले पनि पढेका छौँ।’

नेताहरुले जेसुकै कुरा गरे पनि यो नक्कली शरणार्थीको विषय अन्तराष्ट्रियकरण भइरहेको उनले बताए। उनले यो प्रकरणमा त्यति सजिलै प्रहरी प्रशासन पनि ब्याक नहुन नसक्ने उनले बताए।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाण र सचिव पाण्ड्रेसहित १२ पक्राउ (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group