ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परमादेशको गलत कोर्ष सच्याउन प्रचण्डलाई प्रधानमन्त्री : ओली


ABC NEWS
२८ बैशाख २०८०, बिहिबार   ३ : ३२   बजे

काठमाडौं २८ बैशाख । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशलाई सच्याउन पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको बताएका छन्।

बिहीबारबाट सुरू भएको केन्द्रीय कमिटीको पाँचौं बैठकमा पेश गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले २०७८ असारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले दिएको परमादेश गलत भएको दोहोर्‍याएका हुन्। त्यसले राजनीतिलाई गलत दिशातिर धकेलेको बताउँदै त्यसलाई सच्याउन माओवादी केन्द्रलगायत सात दलसँग गठबन्धन गरेको बताएका छन्।

तर देशलाई अन्त्यहीन अस्थिरतातिर लैजाने, भ्रष्टाचार, साधन स्रोतको दोहन गर्न चाहने शक्तिले गठबन्धन फुटाएको ओलीको बुझाइ छ।

‘माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन,’ ओलीले प्रतिवेदनमार्फत् भनेका छन्, ‘राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ऊ नेपाली कांग्रेससँग समर्पण गर्न पुग्यो। माओवादी केन्द्रबाट प्रदर्शित यस राजनीतिक बेइमानी, चरम अस्थिरता र नांगो अवसरवादले राष्ट्रिय राजनीतिलाई पुरानै विन्दुमा धकेलेको छ।’

माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग आफू अपरिचित भने नरहेको ओलीको तर्क छ।

‘गएको छ वर्षमा हामीमाथि पटक(पटक यस ढंगको धोका भएको छ। संविधान जारी गर्न निर्णायक नेतृत्व गरेको, नाकाबन्दीको सामना गरेको र पारवहन सन्धिमार्फत् नेपालको परनिर्भरतालाई अन्त्य गरेको २०७२र०७३ सरकारलाई विफल पार्न माओवादी आफैं अग्रसर भएको थियो,’ ओलीलेभनेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu