ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको आदेशमा पाकिस्तानी पूर्व प्रम इमरान खान रिहा


एबीसी न्यूज
२८ बैशाख २०८०, बिहिबार   ९ : ०५   बजे

 

काठमाडौं २८ बैशाख । पाकिस्तानको सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी भन्दै रिहाइ गर्न आदेश दिएको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलासले आज साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै रिहाइ गर्न आदेश दिएको हो।

 

यसअघि आजै दिउँसो उक्त इजलासले एक घन्टाभित्र खानलाई अदालतमा उपस्थित गराउन नेसनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो।

खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै उनका वकिलले सर्वोच्चमा रिट दिएका थिए। पूर्वप्रधानमन्त्री खानलाई गत मंगलबार इस्लामाबादस्थित उच्च अदालतबाहिरबाट प्रहरीले पक्राउ गरेको थियो।

अब खान भोलि इस्लामाबादस्थित उच्च अदालतमा उपस्थित हुनेछन्। त्यति वेलासम्म उनी प्रहरी सुरक्षामा रहनेछन्। गत वर्ष प्रधानमन्त्रीबाट हटेपछि उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो। उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ।

खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेका छन्। हिंसात्मक प्रदर्शनका क्रममा भएका झडप तथा प्रहरीका गोली लागेर अहिलेसम्म ४२ जनाको मृत्यु भइसकेको छ। सयौँ घाइते भएका छन्।

पाकिस्तानी सुरक्षाकर्मीले खान नेतृत्वको पार्टी पिटिआईका तीन हजारभन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

सम्बन्धित

भेनेजुएला भूकम्प: मृतकको संख्या १,४३० पुग्यो, ५१,७०० बेपत्ता

जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै

हर्मुज जलडमरूमध्यमा अमेरिका-इरान तनाव: युद्धविराम तोडिने खतरा, लगातार दोस्रो रात हवाई आक्रमण

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu