ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मञ्जु मोबाइल फोन बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्


एबीसी / संवाददाता
२९ बैशाख २०८०, शुक्रबार   ७ : ०४   बजे

काठमाडौँ, २९ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको २ दिन भएको छ । तर, उनकी पत्नी मञ्जु खाण अझै पनि उनलाई भेट्न पुगेकी छैनन् । बालकृष्ण पक्राउ पर्नुअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन् ।

नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत रहेकी उनी संसदमा जारी सरकारका सिद्धान्त तथा नीतिमाथिको बहसमा सहभागी हुन पनि गएकी छैनन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोलीले बालकृष्णलाई चाबहिलस्थित मैजुबहालमा रहेको निवासबाट पक्राउ गर्दा मञ्जु त्यहाँ थिइनन् ।

बरु प्रहरीले पक्राउ गर्नुअघि बालकृष्ण फोनमा व्यस्त थिए । अर्थात् मंगलबार नै पक्राउ पर्ने संकेत पाइसकेका बालकृष्ण र मञ्जु मैजुबहालमा सँगै थिएनन् ।

श्रीमान्‌लाई प्रहरीले हिरासतमा थुनिरहँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएकी मञ्जुको लोकेशनबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओ आइसकेको छ ।

उक्त अडिओबारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। करिब २० मिनेटको भनिएको उक्त अडिओको वास्तविकतामाथि प्रहरीले छानबिन गरिरहेको छ ।

काठमाडौँ परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए  । बालकृष्णका दाजुभाउजु बुधबार नै काठमाडौँ परिसर पुगे । उनीहरुले बुधबार र बिहीबार दुवै दिन बालकृष्णका लागि खाना लिएर पुगेका थिए ।

त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरसमेत रहेका भाइ रामकृष्ण पनि बालकृष्णलाई भेट्न काठमाडौँ आइसकेका छन् ।

बुधबारदेखि नै नातेदार, कार्यकर्ता र शुभेच्छुकहरु बुधबारदेखि नै परिसरमा जम्मा भएका थिए। बिहीबार पनि बिहानैदेखि उनीहरुको भीड परिसरमा थियो । तर, मञ्जु दुवै दिन त्यहाँ देखिइनन् ।

पक्राउ परेदेखि प्रहरीले बालकृष्णलाई मोबाइल फोन प्रयोग गर्न दिएको छैन । उनलाई अन्य थुनुवासँग राखिएको छैन। प्रहरीले अरुलाई जसरी हत्कडी पनि लगाएको छैन ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा पक्राउ परेका बालकृष्णले नक्कली शरणार्थी प्रकरणमा रकम लेनदेन गरेको प्रमाण भेटिएको जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा सचिव पाण्डेलाई उनले पठाएको एक एसएमएसमा आफ्ना निजी सहयोगी नरेन्द्र केसीलाई ५ लाख रुपैयाँ दिनु भनेको प्रमाण पनि भेटिएको प्रहरीले जनाएको छ ।

मञ्जुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छैन । तर, उनी दुई दिनदेखि गायब छिन् ।

बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा घरमा मञ्जु थिइनन् ।

बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै थिए । अहिले उनको मोबाइल फोनसमेत बन्द छ। उनी सम्पर्कविहीन भइरहँदा प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहेको छ ।

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो ।

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो । उक्त प्रकरणमा मुछिन पुगेपछि मञ्जु अहिले पति बालकृष्ण र प्रहरीको पनि सम्पर्कबाहिर रहेकी हुन् ।

हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ । पछिल्लो पटक खाँण समातिएका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बुधबार ५ घण्टासम्म बयान लिइएको छ। तर यतिका समय बित्दा पनि पतिको अवस्थाबारे जानकारी लिन मञ्जुले प्रहरीसँग पनि सम्पर्क नगरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu