ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसलाई छद्‌म नामबाट १ करोड चन्दा दिने दाता को हुन् ?

एबीसी / संवाददाता
४ जेष्ठ २०८०, बिहिबार   ६ : ००   बजे

काठमाडौँ, ४ जेठ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले २५ हजारभन्दा बढी चन्दा दिने दाताको नाम र रकम आफ्नो लेखापरीक्षण प्रतिवेदनमा समावेश गरेको छ । तर, वास्तविक नाम नराखी छद्‌म नामबाट दाताको नाम उल्लेख गरेको पाइएको छ ।

नेकपा एसले आर्थिक वर्ष २०७८/७९ को निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा तनहुँका के श्रेष्ठले १ करोड, नेपालगन्जका एस बुढाले ५० लाख, ललितपुरका केजी महर्जनले ५० लाख र काठमाडौंका एबी तामाङले २८ लाख चन्दा दिएको उल्लेख छ ।

प्राविधिक जटिलताका कारण नाम पूरा उल्लेख नगरिएको बताउँछन् उपमहासचिव गंगालाल तुलाधर । ‘चन्दादाताहरू पार्टीकै शुभेच्छुकहरू हुनुनुहन्छ । तपाईंहरूले पनि अनुमान लगाउन सक्नुहुन्छ,’ उनले भने ।

नेकपा एसले प्रवासी नेपाली एकता मञ्चबाट ६२ लाख ६३ हजार ३४७ रुपैयाँ र पेसागत संगठनहरूबाट ६७ लाख ५२ हजार ५०० रुपैयाँ चन्दा लिएको छ । कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले भने चन्दाबाट संलन भएको रकम एकमुष्ट देखाए पनि कोबाट कति लिएको हो, उल्लेख गरेका छैनन् । तर नेकपा एसले चन्दा दिनेको छद्‌म नाम राखेको छ ।

७ करोड आम्दानी, ६ करोड खर्च
नेकपा एसले ७ करोड १५ लाख ९० हजार ३ सय ७७ रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा एसले खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ गरेको छ । खुद नाफा १ करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ गरेको छ ।

नेकपा एसको आम्दानीको स्रोत चन्दा, लेबी र प्रकाशन बिक्री रहेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट १ करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ संकलन गरेको छ । चन्दा तथा सहयोगमा व्यक्तिगतबाट ३ करोड ९५ लाख ६२ हजार ५०० र संस्थाबाट १ करोड ३० लाख १५ हजार ८४७ रुपैयाँ संकलन गरेको छ ।

एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च चुनावमा गरेको छ । प्रतिवेदनमा चुनावमा २ करोड ९९ लाख ४४ हजार २६६ रुपैयाँ खर्च गरेको छ । प्रशिक्षणमा २८ लाख १५ हजार ६५७ रुपैयाँ कार्यालय सञ्चालनमा ९६ लाख ८५ हजार १०१ रुपैयाँ, प्रकाशनमा ४८ लाख ५० हजार २९५ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । पार्टीको प्रचारप्रसारमा ४० लाख खर्च गरेको छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २५ हजारभन्दा बढी चन्दा दिने दाताको नाम र रकम आफ्नो लेखापरीक्षण प्रतिवेदनमा समावेश गरेको छ । तर, वास्तविक नाम नराखी छद्‌म नामबाट दाताको नाम उल्लेख गरेको पाइएको छ ।

नेकपा एसले आर्थिक वर्ष २०७८र०७९ को निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा तनहुँका के श्रेष्ठले १ करोड, नेपालगन्जका एस बुढाले ५० लाख, ललितपुरका केजी महर्जनले ५० लाख र काठमाडौंका एबी तामाङले २८ लाख चन्दा दिएको उल्लेख छ ।

प्राविधिक जटिलताका कारण नाम पूरा उल्लेख नगरिएको बताउँछन् उपमहासचिव गंगालाल तुलाधर । ‘चन्दादाताहरू पार्टीकै शुभेच्छुकहरू हुनुनुहन्छ । तपाईंहरूले पनि अनुमान लगाउन सक्नुहुन्छ,’ उनले भने ।

नेकपा एसले प्रवासी नेपाली एकता मञ्चबाट ६२ लाख ६३ हजार ३४७ रुपैयाँ र पेसागत संगठनहरूबाट ६७ लाख ५२ हजार ५०० रुपैयाँ चन्दा लिएको छ । कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले भने चन्दाबाट संलन भएको रकम एकमुष्ट देखाए पनि कोबाट कति लिएको हो, उल्लेख गरेका छैनन् । तर, नेकपा एसले चन्दा दिनेको छद्‌म नाम राखेको छ ।

७ करोड आम्दानी, ६ करोड खर्च
नेकपा एसले ७ करोड १५ लाख ९० हजार ३ सय ७७ रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा एसले खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ गरेको छ । खुद नाफा १ करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ गरेको छ ।

नेकपा एसको आम्दानीको स्रोत चन्दा, लेबी र प्रकाशन बिक्री रहेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट १ करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ संकलन गरेको छ । चन्दा तथा सहयोगमा व्यक्तिगतबाट ३ करोड ९५ लाख ६२ हजार ५०० र संस्थाबाट १ करोड ३० लाख १५ हजार ८४७ रुपैयाँ संकलन गरेको छ ।

एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च चुनावमा गरेको छ । प्रतिवेदनमा चुनावमा २ करोड ९९ लाख ४४ हजार २६६ रुपैयाँ खर्च गरेको छ । प्रशिक्षणमा २८ लाख १५ हजार ६५७ रुपैयाँ कार्यालय सञ्चालनमा ९६ लाख ८५ हजार १०१ रुपैयाँ, प्रकाशनमा ४८ लाख ५० हजार २९५ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । पार्टीको प्रचारप्रसारमा ४० लाख खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

विश्वका घातक हिमनदीजन्य विपद् : नेपाल–तिब्बतको बाढी पनि विनाशकारी सूचीमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal and China Halt Flood Rescue Efforts as Barrier Lake Threatens New Surge

Norway’s King Harald V Dies at 89, Son Ascends Throne

Judge Overturns Pentagon Blacklist of AI Developer Anthropic

UK Salmonella Outbreak Linked to Ukrainian Egg Imports

Nepal Resumes Flood Rescue Efforts After Temporary Suspension

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu