ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुवाँलोका कारण पाँच देखी तुम्लिङ्गटारमा उडान अवरुद्ध


admin
१८ माघ २०७४, बिहिबार   ४ : ०७   बजे

संखुवासभा, १८ माघ । पूर्वी पहाडी जिल्ला संखुवासभाको एक मात्र तुम्लिङ्गटार बिमानस्थल वरपर बाक्लो तुवाँलो लागेको कारणले पाँच देखी उडान अवरुद्ध भएको छ । उडानको लागी भिजिविलिटी नपुगेकाले उडान अवरुद्ध भएको बुद्ध एयरका कर्मचारी राजीव पोख्रेलले जानकारी दिनुभयो ।

तुम्लिङ्गटार बिमानस्थल विश्वकै होचो अरुण उपत्यकामा पर्छ । वरपरका डाँडाहरुमा चिसोले बाक्लो हुस्सु र तुवाँलो लागेपछि उडान हुन नसकेको हो ।

हवाईजहाज उडान र अवतरण हुनका लागी पाँच हजार मिटरको भिजिविलिटी खुल्ला हुन पर्ने हुन्छ भने उपत्यका वरपरका डाँडाकाँडाहरु खुल्ला हुनपर्ने पोख्रेलले बताउनुभयो ।

माघ दोश्रो साता देखी संखुवासभामा ह्वात्तै चिसो बढेको छ । चिसोसंगै भुई कुहिरो र बाक्लो तुवाँलो लागेकाले तुम्लिङ्गटारमा एक मिटर पनि राम्ररी देख्न नसकिने गरि बाक्लो तुवाँलो लागेको स्थानीयहरुको भनाई छ ।

उडान नभएपछि जहाजबाट काठमाडौ र बिराटनगर जाने यात्रुहरु अलपत्रमा परेका छन । कतिपय यात्रुहरु गाडीबाट बिराटनगर र काठमाडौ लागेका छन । कच्ची सडक धुलाम्मे जानु पर्ने भएकाले कतिपय यात्रुहरु भने जहाज नै पर्खिएर बसेका छन ।

हिड्न सक्ने नागरिकहरुको लागी गाडीको यात्रा सहज भएपनि बिरामी र असक्तहरुलाई समस्या परेको छ । बिरामीको स्वस्थ्य अवस्था झन बिग्रने सर्वसाधारणहरुको बुझाई छ ।

कहिले घाम लाग्ला र मौसम खुल्ला भनेर यात्रुहरु पर्खिएर बसेका छन । “तुम्लिङ्गटार बिमानस्थल वरपरका तुवाँलो हट्न ठूलो आकाशबाट ठूलो पानी पर्नु प-यो, हैन भने हावाबतास बेसरी चल्नु प-यो नभए महिनौ सम्म उडान अबरुद्ध हुन्छ । ‘ कर्मचारी पोख्रेलको भने ।

संखुवासभामा कार्तिक देखी नै पानी परेको छैन । पानी नपर्दा चारैतिर सुख्खा भएको छ ।

संखुवासभा र छिमेकी भोजपुर जिल्लाको आधाभन्दा धेरै भागका सर्वसाधारणहरु तुम्लिङ्गटार बिमानस्थलबाट नै आवातजावात गर्छन । उडान अबरुद्ध हुदाँ संखुवासभा आउने र यहाँबाट जाने  पर्यटकहरुको समेत बिचल्ली भएको छ ।

यहाँ दैनिक बुद्ध एयर र यति एयरले उडान भर्दै आएको छ । बुद्ध एयरले हप्तामा दुई दिन आईतबार र बुधबार बिराटनगर उडान भर्ने गर्दछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group