ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय सुशासन जोखिम मूल्यांकन : मेलम्ची नगरपालिका प्रथम


एबीसी / संवाददाता
७ जेष्ठ २०८०, आइतबार   ६ : १२   बजे

सिन्धुपाल्चोक, ७ जेठ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८÷७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखांकन तथा प्रतिवेदनमा शतप्रतिशत, अनुगमन मूल्यांकन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ । जिल्ला समन्वय समितिले मूल्यांकन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

सो मूल्यांकनअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अंक, जुगल गाउँपालिकाले ५० अंक, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अंक, हेलम्बु गाउँपालिकाले ४१.५ अंक, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अंक, बलेफी गाउँपालिकाले ६०.५ अंक, बाह्रबिसे नगरपालिकाले ६४ अंक, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१.५ अंक, लिसङ्खुपाखर गाउँपालिका ५४.५ अंक र सुनकोशी गाउँपालिकाले ४२.५ अंक प्राप्त गरेका छन् । मेलम्चीले आर्थिक वर्ष २०७७/७८ मा पनि ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो ।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८६ प्रतिशत अंक दाबी गरेको छ । स्वमूल्यांकनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२.८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३.८२ परिणात्मक स्थितिमा ८४.४४ प्रतिशत अंक दाबी गरेको छ । अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्यांकनमा ९० प्रतिशतभन्दा माथि अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिइन् । नगरपालिकाको मूल्यांकनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए ।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो । आव २०७८/७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्यांकनमा प्रथम भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group